सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपोको योजना : फर्निचर साटेर विपन्नलाई सहयोग


  •    न्युजभित्तो/४ माघ २०७६, शनिबार १३:२३ 
  • नारायणगढ । नारायणगढमा रहेको नेपो फर्निसिङ इन्डस्ट्रिजले नयाँ फर्निचरसँग पुरानो फर्निचर साटेर विपन्नलाई सहयोग गर्ने भएको छ । कम्पनीले जुनसुकै पुराना ब्राण्डका फर्निचरसँग नेपोका नयाँ फर्चिर साट्ने एक्चेन्ज अफर ल्याएको हो ।

    यो अफर माघ १८ देखि फागुन ४ गतेसम्म पन्ध्र दिन सञ्चालन गरिने उद्योगका महाप्रबन्धक सूर्य कँडेलले जानकारी दिनुभयो । उहाँले ग्राहकको माग र विपन्नलाई सहयोग गर्ने उद्देश्यले अफर सञ्चालन गरेको बताउनुभयो । “ग्राहकसँग भएका पुराना डिजाईनका जुनसुकै कम्पनी वा आफैले बनाएका भए पनि फर्निचरको हामीले उचित मूल्य दिन्छौं । त्यसको बदलामा ग्राहकले नेपोका नयाँ जुनसुकै फर्निचर लैजान सक्नुहुन्छ” कँडेलले भन्नुभयो ।

    ग्राहकसँग रहेका हरेक स्टील र काठका फर्निचरहरु साट्न सकिने उहाँले बताउनुभयो । ग्राहकले पुराना फर्निचरको फोटो खिचेर ल्याए पनि उक्त सामानको मूल्यांकन गरिने उहाँले जानकारी दिनुभयो । एक्सचेन्ज मार्फत आउने उपयोगी सामान गरिब र विपन्न व्यक्ति तथा संस्थालाई वितरण गरिने कँडेलको भनाई छ ।

    बि.सं. २०५० सालमा नारायणगढको मेनरोडमा स्थापना भएको नेपो फर्निसिङ इन्डस्ट्रीजले चितवन र आसपासका जिल्लामा प्रत्यक्ष र अनलाईनमार्फत् देशैभरी आफ्ना उत्पादन बिक्री वितरण गर्दै आएको कम्पनीका मानव संशाधन प्रमुख अञ्जु तिवारीले बताउनुभयो ।

    नेपोले काठ तथा स्टीलबाट कार्यालय, घर, होटल, अस्पताल, विद्यालय, क्याम्पस लगायतलाई आवश्यक पर्ने सम्पूर्ण फर्निचर उत्पादन तथा बिक्री वितरण गर्दै आएको तिवारीले बताउनुभयो । नेपो गुणस्तरीय फर्निचर ब्राण्ड भएर आइएसओ २००१ः२०१५ बाट प्रमाणित छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.