सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णाली याक्समाथि चितवन राइनोजको चार विकेटको जित


  •    न्युजभित्तो/३ मंसिर २०८२, मंगलवार १५:३७ 
  • काठमाडौं, २ मंसिर । रबि बोपाराको अर्धशतक अनि सैफ अली जैबको आक्रमक ब्याटिङमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १६७ रनको लक्ष्य १९।१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवनले जित हात पारेको हो ।

    चितवनका लागि बोपाराले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाए । ओपनर दीपक बोहराले ४२ रन जोडे । सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्का मद्दतमा ३८ रन जोडे ।

    बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले २ तथा मार्क वाट, युनिश सिंह र युवराज खत्रीले समान एकरएक विकेट लिए ।

    चितवनले एनपीएलमा पहिलो पटक कर्णालीलाई पराजित गरेको हो । यसअघि पहिलो संस्करणमा दुवै खेलमा कर्णालीले चितवनलाई पराजित गरेको थियो । लिग चरणमा कर्णाली ५ विकेटले विजयी भएको थियो भने एलिमिनेटरमा २१ रनले विजयी भएको थियो ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले तीन विकेट गुमाएर १६६ रन बनाएको थियो । ओपनिङ गरेका भारतीय खेलाडी पान्चलले ४८ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे । पान्चलले पहिलो विकेटका लागि म्याक्स ओ डाउडसँग ६१ रन र दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरे ।

    म्याक्स ओ’डाउले २० र मार्क वाटले १६ रन योगदान गरे । पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन बनाए ।

    बलिङमा चितवनका सोहिल रनभीर, सैफ जैब र रबि बोपोराले एकरएक विकेट लिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.