सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चक्रवृत्ति ब्याज धान्न नसकेपछि आत्महत्या


  •    न्युजभित्तो/३ माघ २०७६, शुक्रबार २१:३७ 
  • धादिङ । साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछाने बच्चासहित त्रिशूली नदीमा हाम फाल्न पुगेको तथ्य खुलेको छ । विनय र २७ वर्षीया श्रीमती जमुना रेग्मीले दुई वर्षीय र ६ महिनाका छोरा लिएर बेनिघाटरोराङ गाउँपालिकामा पर्ने बाँदरे नजीकै त्रिशूली नदीमा बिहीबार साँझ हाम्फालेको प्रहरीले जनाएको छ ।

    हाम्फालेको देखेपछि स्थानीयवासीले विनयलाई जीवितै उद्धार गरेका थिए । उहाँकी श्रीमतीको भने निधन भैसकेको थियो । छोराहरु भने अझैसम्म फेला परेका छैनन् । नदी धमिलो भएको र पानी परिरहेकाले खोजीमा समस्या आइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । घाइते अवस्थामा रहेका विनयको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।

    चन्द्रागिरि नगरपालिका—४, थानकोटमा बसोबास गर्दै आएको परिवार चर्को ब्याज तिर्न नसकेपछि आत्महत्याको निर्णयमा पुगेको जमुनाले आफ्नो अङ्ग्रेजी नाम उल्टो बनाएर फेसबुकमा लेखेको स्टाटसमा उल्लेख छ ।

    जमुनाका दाजु धादिङको गल्छी गाउँपालिका–३ का वडाध्यक्ष कपिल रेग्मीको परिवारलाई सानो छोराको पास्नीमा आउँदै गरेको खबर गरेर यो परिवार सिधै बेनिघाट पुगेको थियो । विनयको घरमा ऋणका कारण आफूहरुले आत्महत्यालाई नै अन्तिम विकल्पका रुपमा रोजेको ‘सुसाइड नोट’ भेटिएको प्रहरीले जनाएको छ ।

    विनयले शेयर लगानी गर्न विभिन्न व्यक्तिबाट मिटर ब्याजमा करीब रु एक करोड ५० लाख ऋण लिएको ‘सुसाइड नोट’बाट पत्ता लागेको जिल्ला प्रहरीले जनाएको छ । विनयलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.