सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा आय कर बढी तिर्नेलाई सम्मान


  •    न्युजभित्तो/२ मंसिर २०८२, सोमबार १२:५७ 
  • चितवन, १ मंसिर । आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष ०८०/०८१ मा सबैभन्दा बढी आयकर तिर्ने करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आज कार्यालय परिसरमा आयोजित कार्यक्रममा सोङ दा–कालिका ज्वाईन्टभेञ्चरलाई सम्मान गरेको हो । सोङ दा–कालिका ज्वाईन्टभेञ्चरले रु. २ करोड ४९ लाख, १४ हजार १९९.२१ आयकर तिरेको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्याल र कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले सोङ दा–कालिका ज्वाईन्टभेञ्चरका निकोलश पाण्डेलाई सम्मान गर्नुभएको हो । यसैगरी उत्कृष्ट कर्मचारी सम्मानबाट बैकुण्ठ बहादुर खत्री सम्मानित हुनु भएको छ । उहाँलाई नगद सहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि प्रजिअ अर्यालले कर्मचारी र करदातालाई अग्रगामी सोचका साथ लाग्नुपर्ने बताउनुभयो । राज्यलाई आर्थिक स्रोतको संकट रहेको भन्दै उहाँले त्यसको पूर्ति करबाटै हुने बताउनुभयो । उहाँले भन्नुभयो “कर पनि उठाउनै पर्ने छ, व्यवसायीको मनोबल पनि उच्च बनाउनु पर्ने छ ।” उहाँले करदाताको खेल्ती हेरेर फरक व्यवहार नगर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

    ‘राष्ट्र हामी सबैको हो’ भन्ने भावना बोक्नु पर्ने बताउँदै उहाँले राष्ट्रलाई माया गर्न चुक्न नहुने बताउनुभयो । उहाँले अगाडि थप्नुभयो “कर करले होइन रहरले तिर्ने वातावरण बनाउनु पर्छ ।” कात्तिक २४ गतेको राष्ट्रिय दुर्घटनापछि चितवनले सेवाबाट सम्पत्ति जलाउनेलाई जवाफ दिउँ भनेर आफूहरु लागेको भन्दै अगाडि थप्नुभयो “अन्य जिल्लामा अब सेवा शुरु हुने सूचना प्रकाशित गर्ने समयमा यहाँको कर कार्यालयले एक अर्ब बढी राजश्व संकलन गरेको थियो ।”

    कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले चालु आर्थिक वर्षमा कर छुटका अवसर उपभोग गर्न सेवाग्राहीलाई आग्रह गर्नुभयो । राष्ट्र निर्माणका लागि सबै करदाताले पारदर्शी रूपमा कर तिर्न, कर छलि नियन्त्रणमा सहयोग गर्न र राजस्व असुलीमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दै उहाँले मेला महोत्सवहरुबाट कर छली हुन नहुने बताउनुभयो । मेला महोत्सव आयोजकहरु पनि करको दायरामा आउनु पर्ने भन्दै उहाँले कर छलेर यस्ता कार्य गर्न नहुने बताउनुभयो ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले कर शिक्षाको अझै अभाव रहेको बताउनुभयो । उहाँले कर कार्यालयसँग मिलेर आफूहरुले धेरै कर शिक्षा सम्बन्धी तालिम सञ्चालन गरेको बताउँदै यसले अझै अपुगेर भएको बताउनुभयो । श्रेष्ठले नयाँ व्यवसायीहरुलाई भ्याट वा प्यानमा दर्ता हुने वित्तिकै कर शिक्षा दिनु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, चार्टड एकाउन्टेन्ट संघ चितवनका अध्यक्ष लक्ष्मण अधिकारी, अडिटर्स एसोसिएसन (अडान) चितवनका उपाध्यक्ष मनोहर्क बगाले लगायतले बोल्नु भएको थियो । कर अधिकृत सुरेश बरालीले स्वागत गर्नुभएको कार्यक्रममा कर अधिकृत प्रेमशंकर कुमार गुप्ताले कविता वाचन गर्नुभएको थियो भने कर अधिकृत विमला पौडेल देवकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    यस अघि आज बिहान कार्यालय परिसरमै आयोजित रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गर्नुभएको छ । कर दिवसकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा १० जनाभन्दा बढी महिलाले समेत रक्तदान गर्नुभएको थियो । कार्यक्रममा कर्मचारीसँगै उद्योगी, व्यवसायी र सर्वसाधारण सहभागी थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो
    • अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’!
    • असिनाले ७४ सवारीसाधनमा क्षति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.