शैक्षिक विकासमा चितवन माविको योगदान अतुलनीय : शिक्षाविद् प्रा.डा. खनिया
न्युजभित्तो/३ माघ २०७६, शुक्रबार १७:४९
चितवन । त्रिभूवन विश्वविद्यालयका पूर्व उपकुलपति एवम् शिक्षाविद् प्रा.डा. तीर्थ खनियाले चितवनको शैक्षिक विकासमा चितवन माध्यमिक विद्यालयको अतुलनीय योगदान रहेको बताउनुभएको छ । उहाँले जिल्लाको अग्रणी विद्यालय चितवन माध्यमिक विद्यालय जिल्लाका अरु सबै विद्यालयको अभिभावक भएको बताउनुभयो ।
विद्यालयको ६६ औं वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दे उहाँले जिल्लाको सबैभन्दा जेठो विद्यालय भएका कारण पनि यहाँको शैक्षिक विकासमा यसको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । “यहाँबाट उत्पादित धेरै विद्यार्थीहरु अहिले राज्यको महत्त्वपूर्ण निकायमा छन्, यहाँको उत्पादनले राष्ट्रकै शैक्षिक नीतिको पनि नेतृत्व गरिरहेको छ” उहाँले भन्नुभयो । उहाँले जिल्लाको अभिभावक विद्यालय भएका कारण शैक्षिक गुणस्तरमा ध्यान दिन पनि आग्रह गर्नुभयो । “शिक्षको गुणस्तरमा ध्यान दिनुस्, राम्रो नतिजा ल्याउन ध्यान दिनुस् । पक्कै पनि यो विद्यालयको महत्त्व अझै बढ्नेछ” प्रा.डा. खनियाले भन्नुभयो ।
उहाँले वर्तमान अवस्थामा शिक्षाको विकासका लागि देशमा धेरै राम्रा प्रयासहरु भईरहेको बताउनुभयो । “धेरै राम्रा काम भएका छन्, तर अझै राज्यले शिक्षामा लगानी बढाउनुपर्छ” उहाँले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम लामिछाने ‘मिलन’को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भूमिलाल सुवेदी, जिल्ला समन्वय समिति चितवनका सदस्य कृष्ण अधिकारी, भरतपुर–१०का वडा अध्यक्ष अरुण पीडित भण्डारी, महानगरका शिक्षा अधिकारी सीताराम अधिकारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष डा. ईश्वरीराज लौडारीलगायतले मन्तव्य राख्नुभएको थियो ।
त्यस अवसरमा विद्यालयका उत्कृष्ट शिक्षकहरु, दीर्घ सेवा गरेका शिक्षकहरुलगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुक्तिराम लामिछानेले वार्षिक प्रतिवेदन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम लामिछानेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको विद्यालयका शिक्षक विश्व बाँस्तोलाले जानकारी दिनुभएको छ ।