सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै


  •    /१८ बैशाख २०७६, बुधबार १५:२२ 
  • काठमाडौँ । १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा यो दिवस मनाइन्छ ।

    आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम गर्ने समयको माग गर्दै सन् १८८६मा अमेरिकाको शिकागो शहरमा मजदुरहरुले ठूलो संघर्ष गरेका थिए । उक्त संघर्षबाट अधिकार प्राप्त गरेको दिनको स्मरण गर्दै सन् १८९० देखि मे १ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । नेपालमा सन् १९६३ देखि अन्तराष्ट्रिय श्रमिक दिवस मनार्इँदै आइएको छ ।

    आठघण्टे कार्यावधि माग गर्दै आन्दोलन गरिरहेका श्रमिकमाथि शिकागोमा दमन गरिएको थियो । घटनामा दर्जनौ श्रमिकको ज्यान गएको थियो ।
    अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमजीवीहरुको हक अधिकार सुनिश्चित गर्दै श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयन भएको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देश मार्फत् प्रधानमन्त्री ओलीले न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशतले वृद्धि गरीसकेको समेत जनाउनुभएको छ ।
    प्रधानमन्त्री ओलीले स्वदेशमै आत्मसम्मानपूर्ण श्रम वातावरण र जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्दै लैजाने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी
    • थलथलेमा खानेपानीको समस्या हट्यो
    • तातो हावाको लहर कायमै रहने सम्भावना
    • सुनचाँदीको मूल्य घट्यो
    • विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.