सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटक बोकेर सौराहा आउँदै गरेको बस ट्रकमा ठोकिदा दुई जनाको मृत्यु, ३१ जना घाइते


  •    न्युजभित्तो/३ माघ २०७६, शुक्रबार १५:४३ 
  • चितवन । पर्यटक बोकेर सौराहा आउँदै गरेको बस आज भरतपुर–१, रामनगरमा ट्रकमा ठोकिदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ३१ जना घाइते छन् । मृतक मध्ये एक महिला र एक पुरुष रहेका तथा उनीहरुको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    मृतक दुवै नेपाली रहेका प्रहरीले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    घाईते मध्ये १३ जना चिनियाँ पर्यटकको चितवन मेडिकल कलेजमा र आठ जनाको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । अन्य दश जना घाईते सामान्य उपचार पछि फर्किएका छन् । गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बस आज विहान ठोक्किएको थियो ।

    नारायणगढतर्फ आउँदै गरेको लु २ ख ३३०५ नम्बरको ट्रकमा पछाडिबाट आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बस ठक्कर खाएको थियो । बस ट्रकमा ठोक्किएपछि नजिकैको घरमा ठोक्किएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.