सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश ३को लघु तथा घरेलु उद्योगका उत्पादन बिक्रीका लागि भरतपुरमा बिक्री केन्द्र निर्माण गरिने


  •    न्युजभित्तो/३ माघ २०७६, शुक्रबार १२:३१ 
  • चितवन । प्रदेश नम्वर ३ का लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित उपज बिक्रीका लागि भरतपुर–१०, प्रदर्शनीमार्गस्थित चितवन उद्योग संघको परिसरभित्र बिक्री केन्द्र निर्माण गरिने भएको छ ।

    उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरको स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रदेश नम्वर ३ का लघु, घरेलु तथा साना उद्योगको उपज बिक्रीका लागि प्रदर्शनीमार्गस्थित चितवन उद्योग संघको परिसरभित्र बिक्री केन्द्र निर्माण गर्न लागिएको हो । सो सम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर गरिएको छ ।

    घरेलु तथा साना उद्योग कार्यालय चितवनमा भएको उक्त सम्झौतामा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय प्रदेश नम्वर ३ का निर्देशक नेत्र प्रसाद भट्टराई र चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले हस्ताक्षर गर्नुभयो।

    त्यस अवसरमा चितवन उद्योग संघका उपाध्यक्षहरु त्रिलोचन कँडेल, मदन घिमिरे, दुर्गा प्रसाद भण्डारी, गजेन्द्र अधिकारी, परियोजना व्यवस्थापक रोचक अधिकारी, प्रशाशकीय अधिकृत गोविन्दप्रसाद पौडेल, घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख उद्योग अधिकृत रमेश कर्माचार्य, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरका अधिकृत रामप्रसाद कुश्मालगायतको उपस्थित रहेको थियो। साथै, निर्देशक भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन तथा निरीक्षण समितिसमेत गठन गरिएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.