चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । हिजोदेखि परेको वर्षाले इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ । वर्षाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।