सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शैक्षिक उन्नयनका लागि रामनगर माविमा महायज्ञ सुरु, साँसद पोखरेलद्वारा १० लाख सहयोगको घोषणा


  •    न्युजभित्तो/२ माघ २०७६, बिहीबार १९:०९ 
  • चितवन । रामनगर माध्यमिक विद्यालयमा शैक्षिक उन्नयनका लागि महायज्ञ सुरु गरिएको छ । विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्न र प्राविधिक शिक्षाको पठनपाठन गराउने उद्देश्यले आर्थिक सङ्कलनका लागि महायज्ञ आयोजना गरिएको हो । महायज्ञको प्रतिनिधि सभा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति एवम् चितवन क्षेत्र नं. २ बाट निर्वाचित साँसद कृष्णभक्त पोखरेलले आज उद्घाटन गर्नुभयो ।

    महायज्ञको उद्घाटन समारोहका प्रमुख अतिथि पोखरेलले विद्यालयबाट थालिएको यो अभियानमा सरिक हुन सबैलाई अनुरोध गर्नुभयो । महायज्ञबाट सङ्कलित रकमले मात्रै विद्यालयको पठनपाठनमा आमूल परिवर्तन आउन नसक्ने भन्दै उहाँले भौतिक संरचना निर्माणसँगै विद्यालयको पठनपाठनमा पनि दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । पोखरेलले साँसद विकास कोषबाट विद्यालयको शैक्षिक उन्नयनका लागि आगामी वर्ष दश लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।

    उद्घाटन समारोहमा चितवन क्षेत्र नं. २ ‘क’ बाट निर्वाचित प्रदेश सभा साँसद एवम् बागमती प्रदेशका शिक्षा, स्वास्थ्य, तथा कृषि समितिका सभापति घनश्याम दाहाल ‘अविनाश’ले आगामी दिनमा प्राविधिक विषय सबैको रोजाई भएकाले अब अर्को महायज्ञ लगाउन नपर्ने गरी विद्यालयलाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

    उद्घाटन कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक जीवनाथ पराजुलीले एक लाख पन्ध्र हजार पाँचसय पचपन्न रुपैयाँ, भरतपुर महानगरपालिका वार्ड नं. १ का अध्यक्ष जयराम श्रेष्ठले १५ हजार पाँचसय पचपन्न रुपैयाँ, सदस्य शुक्रकुमार श्रेष्ठले बीस हजार रुपैयाँ र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पुष्पराज देवकोटाले १० हजार एक सय ११ रुपँयाँ सहयोग गर्नुभयो । उहाँहरुसहित अन्य सहयोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथिलगायत विद्यालय परिवारले सम्मान गरेको छ ।

    महायज्ञ उद्घाटन समारोअघि विभिन्न झाँकिसहितको कलश शोभा यात्राले रामनगर बजार परिक्रमा गरेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर कुँवरले महानगरपालिकाभित्र विद्यालय रहेपनि भौतिक पूर्वाधारको कमिले गर्दा स्थानीय विद्यार्थी अन्य विद्यालयमा जान बाध्य भएको बताउनुभयो । उहाँले विद्यार्थीलाई भौतिक सुविधा सम्पन्न विद्यालयमा पढाउन र प्राविधिक शिक्षा पश्चात रोजगारी दिनका लागि महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो । भरतपुर महानगरपालिका वार्ड नं. २ का वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठले विद्यालयले चालेको शैक्षिक अभियानलाई सफल बनाउन आफूले पनि पूर्ण सहयोग गर्ने बताउनुभयो ।

    वि.सं.२०१७ सालमा स्थापना भएको रामनगर माध्यमिक विद्यालयमा हाल नर्सरीदेखि दश कक्षासम्म पढाई हुँदै आएको छ । विद्यालयमा दुई सय ९० जना विद्यार्थी, १६ जना शिक्षक र दुई जना कर्मचारी रहेका विद्यालयका प्रधानाध्यापक शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।

    एक करोड रुपैयाँ भन्दा बढी आर्थिक सङ्कलन गर्ने उद्धेश्यका साथ आयोजना गरिएको महायज्ञबाट रोजगारमूलक प्राविधिक शिक्षा, कक्षा ११ र १२ सञ्चालन, सुविधा सम्पन्न मन्टेश्वरी सञ्चालनलगायतका उद्धेश्उ राखिएको प्रधानाध्यापक लम्सालले बताउनुभयो । महायज्ञमा कथा शिरोमणी पण्डित दिपकप्रसाद पौडेल कथावाचक रहनुभएको छ ।

    महायज्ञ सम्पन्न गर्नका लागि मूल समिति र विभिन्न विषयगत समितिहरुले काम गरिरहेका छन् । माघ ३ गते देखि ८ गतेसम्म कथा बाचन हुने र माघ ९ गते भागवतको पुस्तकमा तिलार्पण र १० गते समापन कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर कुँवर जानकारी दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.