रत्ननगर महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न, झरिले छेकेन अवलोकनकर्तालाई
न्युजभित्तो/२ माघ २०७६, बिहीबार १८:०६
चितवन । रत्ननगर महोत्सव अन्तरगत आज बिहीबार जगतकृष्ण प्रजापती स्मृति कला प्रतिष्ठानद्वारा आयोजित विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पूर्वी चितवनका १५ वटा विद्यालय सहभागी थिए । प्रतियोगिता सकिएको भएपनि नजिता भने प्रकाशन नगरिएको रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताउनुभयो ।
सो प्रतियोगिताको विजेता घोषणा तथा पुरस्कार वितरण माघ ७ गते महोत्सव समापनका दिन गरिने श्रेष्ठले जानकारी दिनुभयो । दशौँ रत्ननगर महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तरगत आज बिहीबार महोत्सवमा इमेज लोक स्टार राम नेपाली, ऋतु कँडेल तथा रत्ननगर कला मन्दिरको विशेष प्रस्तुतिका साथै निर्मली र प्याकुलीको हास्य प्रहसन रहेको थियो । सिमसिम पानी र चिसो मौसममा पनि दर्शकले कलाकारहरुलाई साथ दिए । कलाकारको प्रस्तुतीले महोत्सवको माहोल तातेको थियो ।
पुस २५ गतेदेखि सञ्चालन भएको १०औँ रत्ननगर महोत्सवमा आज बिहीबार झरी परेको भएपनि दर्शकको राम्रै उपस्थिति रहेको महोत्सव मूल समिति संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताउनुभयो । बिहानैदेखि पानी परिरहेको भएपनि महोत्सव अवलोकनका लागि दर्शकहरु उल्लेख्य रुपमा महोत्सव स्थल प्रवेश गरेका रेग्मीले बताउनुभयो ।
समग्र चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा आयोजना गरिएको महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड दिएको रेग्मीको भनाइ छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने उद्देश्यले महोत्सव स्थलमा विभिन्न पर्यटकीय गतिविधि समेत सञ्चालन गरिएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले जानकारी दिनुभयो ।
महोत्सवमा राखिएको जीपलाइन सफारी र सेल्फी डाँडाले दर्शकको मन तानेको खनालको भनाइ छ । महोत्सवको सेल्फी डाँडामा दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघ, चितुवा र जरायोको मूर्तिले पनि अवलोकनकर्ताको मन तानेको छ ।
महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर राखिएको छ । महोत्सवलाई सुरक्षित बनाउनका लागि सिसिटिभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ बराबरको बीमा समेत गरिएको आयोजकको भनाइ छ ।
स्वदेशी तथा विदेशीगरि महोत्सवमा पाँच सय २१ वटा स्टल रहेका छन् भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यस्था गरिएको मूल समिति संयोजक रेग्मीले बताउनुभयो ।