सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार महासंघका अध्यक्षको प्रतिबद्धता : लोकतन्त्र, नागरिक अधिकार र राष्ट्रियताका लागि लडिरहन्छौँ


  •    /१८ बैशाख २०७६, बुधबार १४:३६ 
  • काठमाडौँ । नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवस मे ३, २०१९ को पूर्व सन्ध्यामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि आज ऐक्यबद्धता ¥याली गरेको छ ।

    बबरमहलदेखि शुरु भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता ¥याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । महासंघका विभिन्न शाखाहरु, एशोसियट संस्थाहरुमा आवद्ध सयौं पत्रकार, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारसँग सम्बन्धित विभिन्न संघ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अझैपनि पत्रकारहरुले श्रम अनुसारको ज्याला पाउन नसकेको बताउनु भयो ।

    अध्यक्ष आचार्यले महासंघ स्थापनाकालदेखि नै लोकतन्त्र, नागरिकका अधिकार र राष्ट्रियताका लागि लड्दै आएको संस्था रहेको बताउँदै आगामी दिनमा समेत लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारका लागि खरो ढङ्गले उत्रने बताउनु भयो । उहाँले सञ्चार क्षेत्रमा पुनर्संरचना नभएको भन्दै तिनै तहमा प्रेस स्वतन्त्रामैत्री सञ्चार कानून बनाउन, स्वरोजगारमूलक साना लगानीका सञ्चारमाध्यमको विकास गर्न, दुर्गम क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमको विकास र प्रर्वद्धनका लागि महासंघ सबै सरोकारवालासँग हातेमालो गर्दै सबैको सुझाव र सल्लाहका आधारमा अघि बढ्न चाहेको बताउनुभयो ।

    कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, प्रेस सोसाइटीका संयोजक केशव अर्याल, क्रान्तिकारी संगठन नेपालका अध्यक्ष बाबुराम भूषाल, डब्लुडब्लुजेकि अध्यक्ष अम्बिका राजथला, सञ्चारिका समूहकी उपाध्यक्ष कमला पन्थी, क्रन्तिकारी पत्रकार संघका अध्यक्ष इन्द्र राउत, लोकतान्त्रिक छापामाध्यमका अध्यक्ष दामोदरप्रसाद दवाडी, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, प्रगतिशिल पत्रकार संघका अध्यक्ष नारायण शर्मा, जनजाति पत्रकार संघका अध्यक्ष डण्ड गुरुङ तथा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालगायतले ¥यालीमा ऐक्यबद्धता जनाउँदै सभामा आफ्ना भनाईहरु राख्नुभएको थियो । उहाँहरुले विभिन्न संघर्षहरुबाट प्राप्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि महासंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको थियोे ।

    सभामा सर्वोच्च अदालतको आदेश विपरित अदालत परिसरबाट पक्राउ परी हिजो साँझ रिहा हुनुभएका पत्रकार जितेन्द्र्र महर्जनलाई महासंघले अभिनन्दन गरेको छ । पत्रकार महर्जनले आफ्नो रिहाईका लागि पहल गर्ने नेपाल पत्रकार महासंघलगायतका संघ संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.