सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माघे सङ्क्रान्तिमा पाँच लाख भक्तजनले देवघाटमा स्नान गरेको अनुमान, हेलिकप्टरबाटसमेत आए भक्तजन


  •    न्युजभित्तो/२ माघ २०७६, बिहीबार ११:४८ 
  • चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्तिको अवसरमा यसपटक पाँच लाख भक्तजनले स्नान गरेका अनुमान गरिएको छ । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा बुधबार देशका विभिन्न जिल्ला तथा भारतबाट समेत गरी पाँच लाख भक्तजनले स्नान गरेका अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।

    पुषको अन्तिम दिन मङ्गलबार रातिदेखि नै देवघाटधाममा भक्तजनको आगमन शुरु भएको थियो । समितिका अध्यक्ष पौडेलले भारतीय भक्तजन तीन हेलिकोप्टर लिएर देवघाट आइपुगेका जानकारी दिनुभयो । “देवघाटको महत्त्व र गरिमालाई बुझेर देश तथा विदेशबाट आएका भक्तजनले मेला भरेका छन्”, पौडेलले भन्नुभयो, “करीब पाँच लाख भक्तजन देवघाट आएको अनुमान छ ।”

    दामोदरकुण्डबाट बगेर आएकी कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएकी त्रिशूली नदीको सङ्गम देवघाटमा प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा मेला लाग्ने गर्छ । मेला व्यवस्थापनका लागि समितिले तनहुँ, चितवन र नवलपुर जिल्लाका सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालय तथा सरोकारवालासँग समन्वय गरेको अध्यक्ष पौडेलले बताउनुभयो । भक्तजनको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

    देवघाटधाममा माघे सङ्क्रान्तिमा लाग्ने मेलालाई नेपालकै सबैभन्दा ठूलो मेलाको रुपमा मानिन्छ । देवघाटधामको तीर्थलाई तीर्थहरुको पनि तीर्थ ‘महातीर्थ’ भन्ने गरिन्छ । बराहपुराण, स्कन्दपुराण र भागवतमा देवघाटको तीर्थको व्याख्या गरिएको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार देवघाटमा ऋषि वशिष्ठ, विश्वमित्र, राजा जनक, राम र सीताले समेत तपश्या गरेको पुराणहरुमा उल्लेख छ ।

    रामले अश्वमेघ यज्ञ गरेको र सीताले धर्तीमा विलय भएको ठाउँ देवघाटलाई नै मानिन्छ । त्यस्तै, पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले देवघाटमै आई तपस्या गरेका थिए । देवघाटमा मणिमुकुन्द सेन उद्यानसमेत छ । माघे सङ्क्रान्तिबाट ज्योतिषको गणनाअनुसार सूर्य धनु राशिबाट मकर राशिमा गएको र पद्मपुराणका अनुसार सूर्य मकर राशिमा गएको बेला देवघाटमा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने विश्वास रहँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.