सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सूचना प्रविधि विधेयक सच्याउन माग, मौलिक हकविरुद्ध भएको जिकिर


  •    न्युजभित्तो/२८ पुष २०७६, सोमबार २२:२७ 
  • काठमाडौँ । सरकारले संसद्मा पेश गरेको सूचना प्रविधि विधेयक मौलिक हकविरुद्धमा भएको भन्दै सरोकारवालाले संशोधन गर्न माग गरेका छन् । क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले आज आयोजना गरेको ‘सूचना प्रविधि विधेयक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा’ विषयक अन्तरक्रियामा सरकारले नागरिकको मौलिक हकलाई कुण्ठित गर्ने खालको भएको हुनाले संशोधन गर्न माग गर्नुभएको हो ।

    नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले विधेयक संविधानले ग्यारेण्टी गरेका हक अधिकारको विरुद्धमा रहेको हुनाले सच्यायरै पारित गर्नुपर्ने बताउनुभयो । उहाँले संविधानअनुसार बनाइएका अन्य कानूनभन्दा विधेयकमा बढी जरिवाना तोकिएको र विधेयक पारित एउटै प्रकृतिका घटनामा फरक–फरक सजाय हुने व्यवस्था भएको बताउनुभयो ।

    नेपाल बार एशोसिएशनका महासचिव लीलामणि पौडेलले सरकारले नागरिकलाई निरुत्साहित गर्न विधेयक ल्याएको र नागरिकले लामो सङ्घर्षबाट आएको सङ्घीय व्यवस्थामा सरकारले मौलिक हकलाई नियन्त्रण गर्न खोजेको धारणा राख्नुभयो ।

    प्रेस सङ्गठन नेपालका संयोजक महेश्वर दाहालले सत्तापक्ष, प्रतिपक्ष र सरोकारवाला मिलेर कानून बनाउनुपर्ने र सूचना प्रविधिको विकाससँगै नयाँ कानून आवश्यक भए पनि केही व्यवस्था संशोधन गर्न जरुरी रहेको विचार व्यक्त गर्नुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नागरिकका आवाजबाट डराएर सरकारले प्रेस स्वतन्त्रता र मौलिक हकलाई नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै विवादित प्रावधान खारेज गर्न माग गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.