सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर महोत्सव : कृषि परिसरमा अवलोकनकर्ताको विशेष आकर्षण


  •    न्युजभित्तो/२८ पुष २०७६, सोमबार २१:३७ 
  • चितवन । रत्ननगर महोत्सवमा कृषि प्रवर्धनका लागि राखिएको कृषि परिसरमा अवलोकनकर्ताहरुको विशेष आकर्षण देखिएको छ । महोत्सवमा कृषि परिसर अवलोकन गर्ने र यसप्रति चासो राख्ने अवलोकनकर्ताहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको महोत्सवको कृषि प्रवद्र्धन समितिका संयोजक ईश्वरी प्रसाद अर्यालले बताउनुभयो ।
    दशौँ रत्ननगर महोत्सवमा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले छुट्टै कृषि परिसर राखिएको छ । कृषि प्रवद्र्धन समितिका संयोजक अर्यालकाअनुसार कृषि परिसर अवलोकनकर्ताहरुले अभिरुचीपूर्वक जिज्ञासासमेत राख्ने गरेका छन् ।

    महोत्सवभित्र कृषिका लागि छुट्टै परिसर निर्माणगरि त्यहाँ केरा खेतीमा थोपा सिँचाई प्रविधि, बायो फ्लक प्रविधिबाट माछापालन, कौशी खेती तरकारी प्रविधि, च्याउ खेती प्रविधि, नेट हाउस भित्रको तरकारी खेती प्रविधि राखिएको छ । त्यस्तै ड्रागन फ्रुटको डेमोस्टेसन, माछा पोखरीलगायतका कृषिसँग सम्बन्धित जानकारीमूलक विषयवस्तुहरु कृषि परिसरमा राखिएको छ । प्रदर्शनमा राखिएको प्रविधिको बारेमा जान्न खोज्नेहरुलाई परामर्शको व्यवस्था समेत गरिएको अर्यालले बताउनुभयो ।

    त्यस्तै, महोत्सवअन्तर्गत केरा बगैँचा प्रतियोगिता समेत हुँदैछ । पुस २५ गतेसम्म केरा किसानबाट निवेदन आह्वान गरिसकिएकाले उनीहरुबाट उत्कृष्ट केरा बगान छनौट गरिने अर्यालले जानकारी दिनुभयो । प्रतियोगिताका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइका प्रमुख मेघनाथ तिमिल्सिनाको संयोकत्वमा रत्ननगर नगरपालिका कृषि शाखाका प्रवीण लामा र कृषि ज्ञान केन्द्र चितवनका उमानाथ अर्याल मूल्याङ्कन समितिमा रहनुभएको अर्यालले बताउनुभयो ।

    तीन सदस्यीय मूल्याङ्कन समितिको सिफारिस अनुसार कृषकलाई सम्मान गरिने अर्यालले जानकारी दिनुभयो । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै आयात प्रतिस्थापन गर्नका लागि महोत्सवमा कृषि परिसर राखेर नयाँ प्रविधिबारे किसानलाई जानकारी गराइएको महोत्सव मूल संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.