जेठ १६ बाट चितवनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
/१८ बैशाख २०७६, बुधबार ०६:३९
भरतपुर :
यस पटकको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १६, १७ र १८ गते भरतपुरमा हुने भएको छ । प्रतियोगिताका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा मंगलबार बसेको वैठकले जिल्लास्तरीय प्रतियोगिता १६ गतेबाट गर्ने निर्णय गरेको हो ।
सबै स्थानीय तहले स्थानीय स्तरमा खेल गराउने र छनौट भएका खेलाडीहरुले जिल्लामा प्रतिस्पर्धा गरी प्रदेश प्रतियोगिताका लागि छनोट हुने जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गं्रगालाल लामाले बताउनुभयो । बैठकमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला समन्वय उपप्रमुख मुनाकुमारी श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौर, जिल्ला समन्वय अधिकारी हरि वखतीलगायतको उपस्थिति रहेको थियो ।