सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खैरहनीमा सातौं खिचरा महोत्सव–२०७६ सुरु


  •    न्युजभित्तो/२८ पुष २०७६, सोमबार १०:०५ 
  • खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा सातौं खिचरा महोत्सव २०७६ सुरु भएको छ । महोत्सवको पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आईतबार समुद्घाटन गर्नुभयो ।

    सो क्रममा बोल्दै उपसभापति गच्छदारले विभेदमा परेका समुदायको उत्थान नभएसम्म देशको उत्थान हुन नसक्ने बताउनुभयो । उहाँले समग्र जातजातिको उत्थान बिना समग्र देशको उत्थान हुन नसक्ने बताउनुभयो । नेपाली काँग्रेस सबै जातजाति, वर्ग, समुदायको उत्थानमा सदैव सक्रिय रहेको भन्दै उहाँले सबैको उत्थानका लागि काँग्रेस लागि परेको बताउनुभयो ।

    नेता गच्छदारले नेपाली काँग्रेसकै सरकारको नेतृत्वले नै संविधान निर्माण गरेको भन्दै वर्तमान सरकारलाई संविधान मिच्ने काम नगर्न आग्रह गर्नुभयो। उहाँले संविधानको मर्म विपरीत विधेयक नल्याउन आग्रह गर्नुभयो ।

    समुद्घाटन समारोहमा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका जगन्नाथ आचार्य, थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरी, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, खिचरा महोत्सव अतिथि आमन्त्रण समितिका संयोजक जोखाप्रसाद चौधरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    खिचरा महोत्सव अतिथि सत्कार समितिकी संयोजक चन्द्रकुमारी चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं। ७ का सभापति एवम् महोत्सव मूल समारोह समितिका संयोजक चुडामणि चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तरविद्यालयस्तरीय चित्रकला, हाजिरीजवाफ प्रतियोगिता, ४० वर्षमाथिका पुरूषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटो र सेल्फी फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता जस्ता विविध कार्यक्रम रहेका छन् । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.