प्रदेश नं ३ को राजधानी हेटौँडा र नाम वाग्मती प्रदेशसभाबाट दुई तिहाईले पारित
न्युजभित्तो/२७ पुष २०७६, आईतवार १३:१२
हेटौंडा । आईतबार बिहान बसेको ३ नं प्रदेशको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको स्थायी राजधानी हेटाँैडालाई गर्नुभएको प्रस्ताव दुईतिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले प्रस्तावको पक्षमा मतदान गर्नुभएको थियो ।
यसैगरी सो बैठकमा साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले काभ्रेको धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले अस्वीकृत ग¥यो । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०४ सदस्यमध्ये १०१ सदस्यले विपक्षमा मतदान गर्नुभयो भने पक्षमा जम्मा तीन मतमात्र परेको सभामुख सानुकुमार श्रेष्ठले जनाउनुभयो ।
यस्तै नाम वाग्मती भन्ने प्रस्ताव पनि दुई तिहाईले पारित भएको छ । रासस