सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका ६१ जना भूकम्प प्रभावितको नाम सूचीबाट हटाइयो


  •    न्युजभित्तो/२७ पुष २०७६, आईतवार १३:०७ 
  • चितवन । जिल्लामा रहेका ६१ जना भूकम्प प्रभावितको नाम सूचीबाट हटाउन स्थानीय तहले सिफारिस गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भरतपुर चितवनका अनुसार भूकम्प प्रभावितमध्ये दुईजनाको प्रथम किस्ताबापतको रकम फिर्ता गर्न कबुलियतिनामा प्राप्त भएको छ ।

    नाम सूचीबाट हटाउन सिफारिस हुनेहरुमा दोहोरो नाम परेका, लाभग्राहीहरु वडामा सम्पर्कमा नआएका, घर पुनर्निर्माण नगर्ने सोचमा रहेका, भूमिहीन भएका, सार्वजनिक जग्गामा पहिलादेखि नै बस्दै आइरहेका व्यक्तिहरु रहेको कार्यालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार सूचीबाट हटाउन सिफारिस गरिएकामा खैरहनी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका रहेका छन् ।

    यस्तै भूकम्पपछि प्राविधिकहरु नखटिँदै निर्माण सम्पन्न भएका ३१ घरको विषयमा कार्यालयले केन्द्रमा पठाएको कार्कीले जानकारी दिनुभयो । जिल्लामा ५९६ जना भूकम्प प्रभावित थपिएका छन् । कार्कीका अनुसार थपिनेमा ३०७ पुनर्निर्माणतर्फ र २८९ जना आंशिक क्षतितर्फ रहेका छन् । कार्यालयले गत जेठ मसान्तसम्म लिएको गुनासोका आधारमा उनीहरु लाभग्राहीको सूचीमा थपिएको हो ।

    कार्यालयका इन्जिनीयर सुजन नेपालका अनुसार जिल्लाको पुनर्निर्माणको ६९ प्रतिशत काम सम्पन्न भएको छ । सात हजार ४६० लाभग्राहीमध्ये चार हजार ७२२ जनाले तेस्रो किस्ताबापतको रकम निकासा गरिसकेका छन् । यस्तै दोस्रो किस्ताबापतको रकम पाँच हजार ६०८ जनाले लिइसकेका छन् । पहिलो किस्ता सम्झौता गर्नेको सङ्ख्या छ हजार ७८४ रहेको छ । लाभग्राहीको सङ्ख्या थप भई सात हजार ७६७ पुगेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.