सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल’मा नेपाली सेनालाई स्वर्ण पदक


  •    न्युजभित्तो/२७ आश्विन २०८२, सोमबार ११:२१ 
  • बेलायत, २७ असोज । बेलायतको वेल्स, ब्रेकनमा भएको गस्ती अभ्यासमा नेपाली सेनाले सर्वोत्कृष्ट अंक प्राप्त गर्दै स्वर्ण पदक जितेको छ ।
    यही असोज १७ देखि २६ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक प्राप्त गरी स्वर्ण पदक जितेको लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहले जानकारी दिनुभयो । ३३ देशका ११७ टिम  सहभागी उक्त प्रतियोगितात्मक अभ्यासमा नेपाली सेनाले यसबर्ष स्वर्ण पदक प्राप्त गरेको हो । 
    १० दिनसम्म सञ्चालित उक्त अभ्यासलाई आठ चरणमा विभाजन गरिएको थियो । जसमा ४८ घण्टाभित्र हतियार तथा करिब ७० पाउण्ड (३२ देखि ३५ केजी तौल) बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित  ६० किलोमिटर बढी दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको खबर सङ्कलन, घाइते बिरामीको व्यवस्थापनलगायतका  विभिन्न तयारी र दक्षताको परीक्षण हुने नेपाली सेनाले जनाएको छ ।
    नेपालले यही २३ गतेदेखि २५ गतेसम्म सो अभ्यास प्रर्दशन गरेको थियो । सन् १९६० बाट सुरु भएको यो अभ्यासमा सन् २०१४ देखि नेपाली सेनाले सहभागिता जनाउँदै आएको छ । नेपाली सेनाले सन् २०१७, २०१९  र २०२४ मा पनि स्वर्ण पदक जितेको थियो ।
    सन २०२० र २०२१ मा भने कोभिड–१९ को कारण नेपाल यो अभ्यासमा सहभागी भएको थिएन । बेलायती सेनाका अनुसार, मौसम र धरातलीय दृष्टिले कठिन क्षेत्र मानिने वेल्सको ब्रेकन क्षेत्रमा आयोजना हुने यो अभ्यास सैन्य क्षमता प्रर्दशनमा कठिन हुने गरी डिजाइन गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.