रत्ननगर महोत्सवको दोस्रो दिन नै दर्शकको उल्लेख्य उपस्थिति, अशोक र टङ्कले तताए स्टेज
न्युजभित्तो/२६ पुष २०७६, शनिबार १९:४९
रत्ननगर (चितवन) । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा रत्ननगरको टिकौली चौरमा शुक्रबारदेखि शुरु भएको १०औँ रत्ननगर महोत्सवको दोश्रो दिन शनिबार अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रह्यो । शनिबार विदाको दिन परेकाले दर्शकले महोत्सव परिसर भरिएको थियो ।
महोत्सवमा शनिबार विषादी न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । रत्ननगर महोत्सवको समन्वयमा कृषि ज्ञान केन्द्र भरतपुरले आयोजना गरेको कार्यक्रममा विषादी न्यूनिकरणको लागि भएका प्रयास र गर्नुपर्ने कामहरुको विषयमा छलफल भएको कृषि प्रवद्र्धन समितिका संयोजक ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो ।
आगामी माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा आकर्षणको रुपमा जीपलाइन र सेल्फी डाँडो रहेका छन् । महोत्सव स्थलमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल, बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर रहेका छन् ।
स्वदेशी तथा विदेशीगरि महोत्सवमा ५२१ वटा स्टल रहेका छन् भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल संयोजक राजाराम रेग्मीले बताउनुभयो । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यस्था गरिएको रेग्मीले बताउनुभयो ।
शनिबार महोत्सवको साँस्कृतिक कार्यक्रममा बाल गायक अशोक दर्जी र सङ्गीतकार टङ्क बुढाथोकीले प्रस्तुति राखेका थिए । चिसो मौसममा बाल गायक अशोक र संगीतकार बुढाथोकीले गाउँदा माहौल तातेको थियो ।
‘मन विनाको धन ठूलो की धन विनाको मन’ बोलको गीत गाएर चर्चामा आएका दर्जीले महोत्सवको स्टेजमा आफ्नो कला प्रस्तुत गरेका थिए । उनले सङ्गीतकार टङ्क बुढाथोकीसँगै एक दर्जनभन्दा बढी गीत गाए । ‘मन विनाको धन ठूलो की धन विनाको मन’, ‘जति धर्म गरे पनि सकिदैन बा आमाको तिर्न ऋण’ बोलको गीतले दर्शकलाई भाबुक बनाएको थियो । सामाजिक सञ्जालमा भाइरल बनेका दर्जीको गीतले दर्शकहरुलाई मोहित पारेको थियो ।