सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दसैँ अवधिमा एक करोड बढीको खाद्यान्न बिक्री


  •    न्युजभित्तो/२२ आश्विन २०८२, बुधबार १४:०८ 
  • कर्णाली, २२ असोज । कर्णाली प्रदेशस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले दसैँ अवधिमा रु एक करोड बढीको खाद्यान्न बिक्री गरेको छ ।

    भदौ ३० गतेदेखि सुपथ मूल्य पसल राखेर बिक्री सुरु गरेको व्यापार कम्पनीले दुई सातामा रु एक करोड १३ लाख पाँच हजार ७९१ मूल्य बराबरको खाद्यान्न बिक्री गरेको हो । यस अघि हरेक दिन करिब रु एक लाखको दरले बिक्री गरेकोमा दसैँ अवधिमा दैनिक रु १५ लाख बराबरको खाद्यान्न बिक्री गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतका प्रादेशिक प्रमुख केशवराज बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार दसैँ तथा तिहारलाई लक्षित गरेर सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेपछि दश गुणाले कारोबार वृद्धि भएको छ ।

    बुढाले भन्नुभयो, “दसैँ तथा तिहारका लागि १५ हजार ५०० क्विन्टल चामल, १७ हजार क्विन्टल चिनी र २२ हजार लिटर तेलको कोटा निर्धारण गरिएको छ । आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन र पाइरिडक्सिनलगायत पौष्टिक तत्वयुक्त सुदृढ चामलमा पछिल्लो समयमा नागरिकहरुको आकर्षण बढ्दै गएको छ ।”

    सरकारले कर्णालीका नागरिकहरुको कुपोषण घटाउने उद्देश्यका साथ फोर्टिफाइड (सुदृढ) चामल वितरणमा जोड दिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कर्णालीका नौ जिल्लामा पुग्ने गरी एक लाख क्विन्टल खाद्य अनुदान कोटा छुट्याएकोे उहाँले बताउनुभयो ।

    व्यापार कम्पनीका सूचना अधिकारी शोभा रेग्मीले भदौ ३० गतेयता ८३५ क्विन्टल चामल, १३१ दशमलव ११ क्विन्टल चिनी र अठार हजार ६६० लिटर तेल बिक्री भएको बताउनुभयो । नागरिकका लागि सहुलियत दरमा खाद्य वितरण सेवा आगामी कात्तिक १० गतेसम्मका लागि प्रवाह गरिने कम्पनीले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो
    निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
    विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
    • उत्कृष्ट तीन कर्मचारीसहित आठ पुरस्कृत
    • बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
    • दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
    • फोहरबाट रोजगारी र आम्दानी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.