सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्याम्पस प्रमुख खनालको निधन


  •    न्युजभित्तो/२० आश्विन २०८२, सोमबार १५:०१ 
  • चितवन, २० असोज । बालकुमारी बहुमुखी क्याम्पस नारायणगढका प्रमुख जगदीश्वर खनालको निधन भएको छ । उहाँको आइतबार साँझ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
    तनहुँको साबिक तनहुँसुर गाउँ विकास समिति वडा नम्बर १ आमडाँडा चुदीमा विसं २०२२ मा जन्मिनुभएका खनालको ६० वर्षको उमेरमा क्यान्सर रोगका कारण निधन भएको हो । विसं २०५३ देखि बालकुमारी क्याम्पसमा प्राध्यापन गर्दै आउनुभएका खनाल नेपाल पब्लिक क्याम्पस सङ्घ चितवनको अध्यक्ष, नवचितवन साकोसका निवर्तमान अध्यक्ष एवं सल्लाहकार, नेपाल रेडक्रस सोसाइटी भरतपुर उपशाखाका पूर्वसभापति एवं सल्लाहकार, खनाल सेवा केन्द्रीय समिति भरतपुरको सदस्य, अरोमा इङ्गलिस स्कुल भरतपुरको संस्थापक सदस्यजस्ता सामाजिक एवं शैक्षिक संस्थामा रहेर काम गर्नुभएको थियो ।
    निडर र प्रस्ट वक्ताका रूपमा रहनुभएका खनालका एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँका आठ दाजुभाइ र एक दिदीबहिनीमध्ये उहाँ तेस्रो सन्तानका रूपमा रहनुभएको थियो । विगत केही वर्षदेखि खनाल क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो । उहाँको आज देवघाटमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.