सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँमा ९१ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानीको सुविधा


  •    न्युजभित्तो/२० आश्विन २०८२, सोमबार १२:४८ 
  • दमौली (तनहुँ), २० असोज । तनहुँका ९१ दशमलव १० प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानी सुविधा पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार जिल्लाका तीन लाख २१ हजार १५३ जनसङ्ख्यामध्ये दुई लाख ९२ हजार ५७० जनामा स्वच्छ खानेपानी सुविधा पुगेको हो । 
    कार्यालय प्रमुख शम्भुराज खनालले आधारभूत स्तरको खानेपानी पहुँच ५६ दशमलव ७१ प्रतिशत र मध्यमस्तरको खानेपानी पहुँच ३४ दशमलव ३९ प्रतिशत जनतामा पुगेको जानकारी दिनुभयो । घरघरमा स्वच्छ र पर्याप्त पानी उपलब्ध भएपश्चात् स्थानीय करेसाबारीमा तरकारी उत्पादन गर्न आयआर्जनमा जोडिएको उहाँको भनाइ छ । 
    जिल्लामा गत आर्थिक वर्षमा दुई हजार ९२७ घरधुरीमा खानेपानी सुविधा विस्तार भएको छ । गण्डकी प्रदेश सरकारमार्फत दुई हजार २२१, सङ्घ सरकार ससर्त कार्यक्रममार्फत २२६ र विशेष अनुदानमार्फत ४८० घरधुरीमा खानेपानी सुविधा विस्तार गरिएको खनालले बताउनुभयो । 
    अघिल्लो आर्थिक वर्ष २०८०/८० मा जिल्लाका दुई हजार घरधुरीमा खानेपानी सुविधा विस्तार गरिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा दुई हजार १२८, आर्थिक वर्ष २०७८/७९ मा दुई हजार २९७, आर्थिक वर्ष २०७७/७८ मा चार हजार ३१७, आर्थिक वर्ष २०७६/७७ मा दुई हजार ३५४ र आर्थिक वर्ष २०७५/७६ मा एक हजार ९०४ घरधुरीमा खानेपानी सुविधा पुगेको खनालले बताउनुभयो । 
    चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका चार हजार ३०० घरधुरीमा खानेपानी सुविधा विस्तार गर्ने लक्ष्य रहेको खनालको भनाइ छ । प्रदेश सरकारमार्फत दुई हजार, सङ्घ सरकार ससर्तमार्फत ८०० र विशेष अनुदानमार्फत एक हजार ५०० घरधुरीमा खानेपानी सुविधा विस्तार गरिने खनालले उल्लेख गर्नुभयो । 
    कार्यालयले नयाँ खानेपानी आयोजनाहरुको माग, सर्वेक्षण, डिजाइन, खानेपानी आयोजनाको निर्माण कार्य कार्यान्वयन, आयोजनाको सामग्री निकासा, खानेपानी आयोजनाको निर्माणमा प्राविधिक सहयोग, आयोजनाको अनुगमन, निरीक्षण, सुपरिवेक्षण, आयोजनामा भए गरेका कार्यको मूल्याङ्कन तथा भुक्तानी लगायतका कार्य गर्दै आएको छ । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.