उवासंघ चितवनको राजनीतिले नयाँ मोड लियो, कँडेलले उम्मेदवारी फिर्ता लिएपछि चुननारायण पनि निर्विरोध, क्याम्प फेर्दै निर्विरोध बनेका चुननारायण र दुई उपाध्यक्षको साथ पनि ज्ञानेन्द्रमानलाई
न्युजभित्तो/२६ पुष २०७६, शनिबार १३:३९
चितवन । उद्योग वाणिज्य संघ, चितवनको नयाँ नेतृत्व चयन गर्ने सन्दर्भमा देखिएको राजनीतिले नयाँ मोड लिएको छ । बरिष्ठ उपाध्यक्षका उम्मेदवार विष्णुप्रसाद कँडेलले उम्मेदवारी फिर्ता लिएपछि चुननारायण श्रेष्ठ निर्विरोध बरिष्ठ उपाध्यक्ष भएका छन् । यो खेलसँगै यसअघि अध्यक्षका अर्का उम्मेदवार राजु श्रेष्ठको प्यानलमा रहेका चुननारायणले ज्ञानेन्द्रमान शाक्यलाई साथ दिएको घोषणा गरेका छन् ।
चुननारायणले मात्र होइन यसअघि राजु श्रेष्ठको प्यानलमा रहेर उपाध्यक्षमा निर्विरोध भएका सुमनकुमार श्रेष्ठ र भोजराज कौडालले पनि चुननारायणसँगै क्याम्प फेरेर ज्ञानेन्द्रमान शाक्यको प्यानललाई समर्थन गरेका छन् । उवासंघ चितवनको निर्वाचन आगामी मंगलबार हुँदैछ ।
यसअघि राजु श्रेष्ठ र चुननारायण श्रेष्ठ अध्यक्षको आकांक्षी देखिएकामा संघका पूर्वअध्यक्षहरुले दुवैबीच गोलाप्रथा गराएर राजुलाई अध्यक्ष र चुननारायणलाई बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत गराउने सहमति गरेका थिए । तर गोलाप्रथालाई अमान्य घोषित गर्दै ज्ञानेन्द्रमान शाक्यले अध्यक्षमा र विष्णुप्रसाद कँडेलले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।
पछिल्लो घटनाक्रमसँगै उद्योगी, व्यवसायीबीच संघको नयाँ नेतृत्वमा कसले बाजी मार्ला भन्ने बहस र जोड घटाउ शुरु भएको छ । शाक्य र श्रेष्ठ यसअघि पनि संघको अध्यक्ष पदमा उम्मेदवार भएका थिए । तर उनीहरुले चुनाव जित्न सकेनन् । श्रेष्ठ हालका अध्यक्ष सहनलाल प्रधानसँग र शाक्य पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराईसँग पराजित भएका थिए । त्यसैले पनि यी दुईबीचको भिडन्तलाई चासोका साथ हेरिएको छ ।