सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पचली भैरवको जात्रा विधिपूर्वक समापन


  •    न्युजभित्तो/१२ आश्विन २०८२, आईतवार १३:४६ 
  • काठमाडौँ, १२ असोज । यस वर्षको पचली भैरव जात्रा विधिपूर्वक सम्पन्न गरिएको छ । जीवितदेवी कुमारीलाई असोज शुक्ल पञ्चमीको राति भैरवको दर्शन गराएपछि शुक्रबारदेखि सुरु भएको जात्रा समापन भएको हो ।

    भैरवको दर्शन गराउँदा कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वासअनुसार हनुमानढोकामा लगेर कुमारीलाई पचली भैरवको दर्शन गराइएको हो । कुमारीलाई भैरवको दर्शन गराउन काठमाडौंँ महानगरपालिका-१२ स्थित पचली पीठबाट विशेष बाजागाजासहित भैरवलाई हनुमान ढोका ल्याइएको थियो ।

    चित्रकारले घ्याम्पोमा भैरवको विम्ब बनाएर पचलीबाट सुरु गरिएको भैरवको खटलाई नगर परिक्रमा गराइँदा स्थानीय टोलमा स्वागत तथा दर्शनका लागि सर्वसाधारणको घुइँचो लागेको थियो । यात्रा टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत भित्री सहरको परिक्रमा गराइएको हो ।

    विभिन्न किसिमका नकारात्मक तथा खराब शक्तिबाट नागरिकलाई संरक्षण गर्ने उद्देश्यले पचली भैरवलाई टेकुमा स्थापना गरिएको काठमाडौँ महानगरपालिका९१२ वडाध्यक्ष एवं जात्रा व्यवस्थापन समिति संयोजक बालकृष्ण महर्जनले जानकारी दिनुभयो । कला र संस्कृतिले सजिएको काठमाडौँमा नेवार समुदायले काठमाडौँ उपत्यकाको सुरक्षाका लागि भैरव जात्रा गरिँदै आइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.