सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिचाहा झारले मासिँदै जलथलको जैविक विविधता


  •    न्युजभित्तो/१२ आश्विन २०८२, आईतवार १३:२२ 
  • झापा, १२ असोज । चारकोसे झाडीका रुपमा चिनिएको दक्षिणपूर्वी झापाको जलथल जङ्गलमा मिचाहा प्रजातिको झार फैलिएका कारण रैथाने प्रजातिका वनस्पति लोप हुँदै गएका छन् ।

    जैविक विविधताले भरिपूर्ण जलथल जङ्गल नेपालकै होचो भूभाग रहेको कचनकबलदेखि हल्दिबारी र बाह्रदशी गरी तीन गाउँपालिका र भद्रपुर नगरपालिकासम्म करिब छ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

    फरेन एक्सन नेपालका विज्ञ डा लीलानाथ शर्माका अनुसार जलथल जङ्गल नेपालको मात्र नभएर दुर्लभ वनस्पति, झार र बुट्यान रहेका कारण दक्षिण एसियाकै नमुना प्राकृतिक वन हो । यहाँ ४५० भन्दाबढी प्रजातिका वनस्पति छन् भने २०० भन्दाबढी प्रजातिका चराको बासस्थान छ । उहाँका अनुसार १४० भन्दा बढी प्रजातिका रुख भेटिएका छन् ।

    “जनावरहरुमा सबैभन्दा ठूलो हात्तीदेखि सबैभन्दा सानो मुसे मृग जलथलमा अस्तित्वमा रहेको छ”, अनुसन्धातासमेत रहनुभएका शर्मा भन्नुहुन्छ, “रुख र चरा मात्र होइन, यहाँको सिमसारमा ४० भन्दाबढी प्रजातिका माछा पाइएका छन् ।”

    बनस्पति प्रजातीय विविधता र समिश्रणका दृष्टिले जलथलको वन नेपालका अरु जङ्गलभन्दा पृथक रहेको उहाँको भनाइ छ । डा शर्माले एक दशकभन्दा बढी अनुसन्धान गरेर जलथल जङ्गलको जैविक विविधताबारेमा पुस्तक लेख्नुभएको छ भने अन्तरराष्ट्रिय जर्नलहरुमा उहाँका खोजमूलक लेख प्रकाशित छन् ।

    नेपालमा हालसम्म अभिलेख नभएका छ प्रजातिका रुख यस जङ्गलमा भेटिएको जनाउँदै उहाँले पहाड र चुरे क्षेत्रमा मात्र पाइने ठानिएका वनस्पति तराईको जलथल वनमा पाइनु आश्चर्यजनक भएको बताउनुभयो ।

    लटहर प्रजातिका रुख यहाँ जङ्गल भन्न सकिने अवस्थामा भेटिएको छ भने थाकल, ढाल्ने कटुस, मुसुरे कटुस, मौवा र पाँचपातेजस्ता पहाडी रुख यहाँ प्राकृतिक रुपमै हुर्किएका छन् । हिमालयन पिनाङ्गा नामले चिनिएको सुपारी प्रजातिको वनस्पतिसमेत यहाँ पाइएको शर्माले बताउनुभयो ।

    दुर्लभ वनस्पति धेरैमात्रामा भेटिए पनि तिनको उचित संरक्षण हुन सकेको छैन । मानवीय अतिक्रमण र मिचाहा प्रजातिका झारहरुको प्रकोपले जैविक विविधता मासिँदै गएको छ । चोरी सिकारीको सक्रियताले जनावर लोप हुँदै गएका छन् ।

    मृग र बँदेल सिकारीका कारण मासिँदै गएका छन् । अन्यत्र नपाइएको मुसे मृग केही वर्षयता देखिन छाडेको स्थानीयलाई उद्धृत गर्दै शर्माले बताउनुभयो । मुसाजस्तै सानो हुने भएकाले यसको नाम मुसे मृग रहेको हो ।

    जलथलमा १७ प्रजातिका मिचाहा झारको प्रकोप देखापरेको छ । त्यसमध्ये स्थानीयले प्याङ्ग्री लहरा भन्ने गरेको माइकेनिया नामको मिचाहा झार सबैभन्दा ठूलो समस्याका रुपमा देखा परेको अनुसन्धाता शर्माले बताउनुभयो । उल्टो काँडा भनिने अर्को प्रकारको मिचाहा झार पनि ठूलै समस्या बनेको छ ।

    यी मिचाहा झारले सर्पगन्धा, कुरिलो, मधु, देउले च्याउलगायतका दुर्लभ वनस्पति लोप हुने खतरामा परेको उहाँले बताउनुभयो । पोथ्रा प्रजातिका रुखसमेत मिचाहा झारले ढाकेर मास्ने गरेको छ । खाली रहेको ठाउँ यिनै वनमारा झारले ढाकिसकेको हुँदा यसको नियन्त्रणका लागि स्थानीय सामुदायिक वन र पालिकाले कार्यक्रम ल्याउन आवश्यक भइसकेको उहाँको धारणा छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.