नेतृत्व परिवर्तन गर्नुपर्नेमा कांग्रेस एकमत, प्रक्रियामा मतभेद
न्युजभित्तो/१२ आश्विन २०८२, आईतवार १२:०४
काठमाडौँ, १२ असोज । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको परिस्थिति र अब कसरी अगाडि बढ्ने भन्ने पार्टीको रणनीति बनाउन नेपाली कांग्रेसले असोज २६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
असोज ३ गते बसेको कार्यसम्पादन समिति बैठकमा पछिल्लो अवस्थाबारे छलफल गर्न माग भएबमोजिम सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेका हुन् ।
आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीबाट निर्घात कुटिएका देउवाले अस्पतालबाटै केन्द्रीय समिति बैठक बोलाउन निर्देशन दिएका हुन् । देउवा र उनीकी श्रीमती कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा अहिले पनि सैनिक अस्पतालमा उपचाररत छन् ।
उपसभापति पूर्णबहादुर खड्कालाई अस्पतालमा बोलाएर छलफल गरेपछि बैठक आह्वान गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई भन्न अह्राएका निकट स्रोतले बतायो । देउवाले उपसभापति खड्कालाई पछिल्लो परिस्थितिबारे बैठकमै सबै विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक बोलाउन भनेका हुन् ।
देउवाको चाहना आफू नेतृत्वको कार्यसमितिको कार्यकाल आगामी मंसिरमा सकिने भएकाले नियमित महाधिवेशन गर्नुपर्ने रहेको निकट नेताहरू बताउँछन् । उपसभापति खड्कासँग पनि देउवाले आफ्नो चाहना बताएको खड्का निकट एक केन्द्रीय सदस्यले राजनकारी दिए ।
कांग्रेसभित्रको इतर समूहका नेता डा। शेखर कोइरालाले पनि सकभर नियमित महाधिवशेनबाटै नेतृत्व परिवर्तन गर्नु उपयुक्त हुने बताइरहेका छन् । तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवेशन गर्नुपर्ने भन्ने निकटस्थहरूलाई हस्ताक्षर संकलन गर्न लगाएका थिए ।
तर, कांग्रेसमा महामन्त्री नै सचिवालय प्रमुख हुने र नियमित महाधिवेशनको तारतम्य मिलाउने काम महामन्त्रीको नै भएको भन्दै आफ्नो जिम्मेवारीमा रहेको काम गर्न नसक्ने र व्यक्तिगत स्वार्थसिद्धिका लागि विशेष महाधिवेशन भन्ने भनेर विरोध भयो । त्यसपछि उनीहरूले अहिले अघोषित रूपमा हस्ताक्षर रोकेको निकट नेताहरू बताउँछन् ।
कांग्रेस विधान अनुसार देउवाले अबको महाधिवेशनबाट सभापति बन्न पाउँदैनन् । देउवा स्वयंले पनि सार्वजनिक रूपमै आफू अबको महाधिवेशनबाट सभापति नबन्ने बताइसकेका छन् । त्यसैले नेतृत्व परिवर्तनका लागि हस्ताक्षर संकलन गर्न उपयुक्त नहुने धेरैको तर्क छ । देउवालाई ‘सम्मानजनक बहिर्गमन’को बाटो खोजेर बिदाइ गर्नुपर्ने अधिकांश नेताहरूको राय आएपछि महामन्त्रीद्वय अफ्ट्यारोमा परेका एक नेताले बताए ।
नेतृत्व परिवर्तनमा मतैक्यता, प्रक्रियामा फरक–फरक मत
अब कांग्रेसमा नेतृत्व परिवर्तन हुनुपर्ने अधिकांश नेताको धारणा छ । तर, नेतृत्व परिवर्तनको प्रक्रिया के हुने भन्नेमा फरक–फरक धारणा छन् ।
सभापति देउवा र संस्थापन पक्षीय नेताहरू नियमित महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने बताइरहेका छन् । पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी कार्यसम्पादन समिति बैठकपछि नियमित महाधिवेशन गर्नुपर्ने बेला आएकोले पार्टी नियमित महाधिवेशनमा होमिने बताएका थिए ।
असोज ३ गतेको कार्यसम्पादन समिति बैठकपछि प्रचार विभाग प्रमुख विश्वकर्माले पत्रकारहरूसँग भनेका थिए, ‘विशेष महाधिवेशन असान्दर्भिक हुन्छ । केन्द्रीय कार्यसमितिको चारवर्षे कार्यकाल आगामी मंसिरमा सकिँदै छ । एक वर्ष म्याद थप्न पाउने वैधानिक व्यवस्था छ । त्यसकारण अब हुने महाधिवेशन नियमित महाधिवेशन नै हो । कार्यकालभन्दा अघि गर्नुपर्दा विशेष महाधिवेशन हुन्छ, पछि गर्दा नियमित नै हुन्छ ।’
उनको भनाइजस्तै प्रवक्ता प्रकाश शरण महतलगायत संस्थापनका अधिकांश नेताहरूको तर्क छ ।
संस्थापन इतरका केही नेताहरू भने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरिसकेकाले नियमित र विशेष महाधिवेशनमा जान त्यसअघि समस्या हुने भन्दै कार्यवाहक सभापतिको जिम्मेवारी दिएर निर्वाचनमा होमिनुपर्ने बताइरहेका छन् । त्यसमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधिसहितका पदाधिकारी रहेका छन् ।
खड्का विधानअनुरूप आफूले कार्यवाहक पाउने भएकाले कार्यवाहक दिएर निर्वाचन गर्नुपर्ने पक्षमा लागेका हुन् । उनले त्यस पक्षमा माहौल बनाउन नेता डा। शेखर कोइराला र पूर्वउपसभापति निधिसहितका नेतालाई भेटेर सहयोग गर्न आग्रह गरिसकेका छन् । खड्काले सभापति देउवासँग पनि यसबारे बताएको स्रोत बताउँछ ।
पूर्वउपसभापति निधिले रातोपाटीसँगको कुराकानीमै कार्यवाहक दिएर निर्वाचनको तयारीमा जानुपर्ने बताएका थिए । ‘सभापति शेरबहादुर देउवा अस्पिटलाइज्ड हुनुहुन्छ । उहाँले विधानअनुसार कार्यवाहक दिनुपर्छ र पार्टी घोषित निर्वाचनको तयारी गर्नुपर्छ,’ निधिले भने, ‘विधानअनुसार कार्यवाहकको जिम्मेवारी पाउने उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पार्टी निर्वाचनको तयारीमा लाग्नुपर्छ ।’
महामन्त्री थापा र शर्मा पक्षीय युवाहरू भने विशेष महाधिवेशन हुनुपर्ने बताइरहेका छन् । गुरुराज घिमिरेको नेतृत्वमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन भइरहेको छ । घिमिरेले मंसिर मसान्तसम्म नियमित महाधिवेशन गर्न गाह्रो हुने भन्दै विशेष महाधिवेशन हुनुपर्ने बताए ।
डा। कोइराला निकट रहेका युवा नेताहरू भने नियमित महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा देखिन्छन् । युवा नेताहरू रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, दीपक भट्टराई, नवीन राईलगायत नियमित महाधिवेशन गरेर वर्तमान संकट समाधान गर्ने नेतृत्व पार्टीमा स्थापित गर्नुपर्ने भनिरहेका छन् ।
नेता कर्णले रातोपाटीसँग भने, ‘वर्तमान संकट समाधान गर्नका लागि अब कांग्रेसका विशेष महाधिवेशन होइन नियमित महाधिवेशन गर्नुपर्छ । पहिलो र दोस्रो तहमा होइन तेस्रो तहमा नेतृत्व हस्तान्तरण गरिनुपर्छ ।