सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश नं ३ को नाम र स्थायी राजधानी आज निर्णय हुँदै, ११० सदस्यमध्ये हेटौँडाको पक्षमा १०७ जना


  •    न्युजभित्तो/२६ पुष २०७६, शनिबार १२:३३ 
  • हेटौँडा । प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् । आजै दिउँसो हुने प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

    हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाइनुपर्छ भन्ने प्रस्तावको पक्षमा नेकपा संसदीय दलका नेता तथा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहनुभएको छ । उक्त प्रस्तावलाई समर्थन गर्नुहुनेहरुमा प्रतिपक्ष दलका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाका रीता माझी र राप्रपा संयुक्तका रीना गुरुङ हुनुहुन्छ ।

    यसैगरी काभ्रेपलाञ्चाक जिल्लालाई ३ नं प्रदेशको राजधानी हुनुपर्छ भन्ने विवेकशील साझा दलका नेता रमेश पौडेल प्रस्तावक रहनुभएको छ । समर्थकमा सोही दलका प्रदेशसभाका सदस्य विराज भट्ट श्रेष्ठ र शोभा शाक्य हुनुहुन्छ ।

    सचिवालयमा प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै हेटौँडालाई राजधानी बनाउन साझा सहमतिका आधारमा प्रयास गरिएको र सबै दलसँग सहमतिका लागि वार्ता भइरहेको बताउनुभयो ।

    यसैगरी प्रतिपक्ष नेपाली काँग्रेसका नेता बानियाँले ३ नं प्रदेशको राजधानी हेटौँडालाई स्थायी राजधानी बनाउन सबैले व्यक्तिगत आग्रह–पूर्वाग्रह त्यागेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभामा ११० जना सदस्य छन् । विवेकशील साझा दलका ३ जना बाहेक हेटौँडालाई राजधानी बनाउनुपर्ने पक्षमा १०७ जना देखिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.