काठमाडौँ, १२ असोज । ललितपुर स्थित नख्खु कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले काठमाडौँको गौशालाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको गाईघाट नगरपालिका–८ घर भएका २२ वर्षीय दीपक राई छन् ।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी नख्खुबाट फरार भएका थिए । डाँकाचोरी मुद्दामा अदालतले उनलाई ३ वर्ष ४ महिना कैद सजाय हुने फैसला गरेको थियो ।
उनलाई गौशाला स्थित तिलगंगाबाट पक्राउ गरेर नख्खु कारागारमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।