सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जोखिममा रहेको कुलुङ पुल निर्माण गर्न निर्माण सामग्री जुट्दै


  •    न्युजभित्तो/१२ आश्विन २०८२, आईतवार ११:३५ 
  • रसुवा, १२ असोज । वर्षाका कारण जोखिममा रहेको कुलुङ खोलाको पुल पुनः मर्मतका लागि निर्माण सामग्री जुटाउने काम अगाडि बढेको छ ।

    गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका आयोजना प्रमुख कृष्णनाथ ओझाका अनुसार स्याफ्रुबेँसी–रसुवागढी–केरुङ अन्तरराट्रिय राजमार्गअन्तर्गत कुलुङ खोलामा अवस्थित पक्की पुलको उत्तरतर्फको भुइँ सतहमा पानीले जोखिम बगाएको थियो । पुलको जगलाई सिमेन्टको कङ्क्रिटबाट अड्याउन निर्माण सामग्री सङ्कलन भइरहेको र प्रथम चरणमा तीन ट्रक गिट्टी ढुवानी भइसकेको छ ।

    वर्षायाममा बढेको ठाडो खोलाको भलबाढीले असर पुर्याएका कारण विपद् व्यवस्थापनअन्तर्गत निर्माणकर्ताको छनोट गर्ने काम सम्पन्न भइसकेका कारण बडादसैँ सकिनासाथ कङ्क्रिट गराउने काम सुरु हुने र रसुवागढीको मितेरी पुल सम्पन्न हुँदासाथ मालवाहक सवारीसाधन ओहोरदोहोरमा सहज हुने प्रमुख ओझाले बताउनुभयो ।

    गोसाइँकुण्ड गाउँपालिका–३ कुलुङ भन्ने स्थानको उक्त ठाडो खोलाको पुल जोखिम भएका कारण नियमित रूपमा चल्ने हल्का सवारीसाधनबाहेक जोखिम न्यूनीकरणका लागि ठूला तथा मालवाहक सवारीसाधन आवतजावतमा रोक लगाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.