सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दसैँका लागि सामाजिक सुरक्षाभत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी


  •    न्युजभित्तो/१२ आश्विन २०८२, आईतवार ११:३२ 
  • जुम्ला, १२ असोज । आसन्न दसैँमा सामाजिक सुरक्षाभत्ता पाएपछि तिला गाउँपालिकाका ज्येष्ठ नागरिक खुसी भएका छन् । गाउँपालिकाले भत्ता पाउने सबै लाभग्राहीको बैंक खातामा भत्ता जम्मा गरेको तिला गाउँपालिका पञ्जीकरण शाखाका प्रमुख बखत हमालले जानकारी दिनुभयो ।

    गाउँपालिकाले चाडबाड मनाउन सजिलो होस् भन्ने उद्देश्यसहित चालु आर्थिक वर्षको पहिलो त्रैमासिकअन्तर्गतका सामजिका भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायतका लाभग्राहीको बैंक खातामा जम्मा गरिएको उहाँले बताउनुभयो ।

    दसैँलाई लक्षित गरेर सामाजिक सुरक्षा वितरण गरेपछि यहाँका स्थानीयलाई राहत भएको तिला–१ का स्थानीयवासी नर रावतले जानकारी दिनुभयो । स्थानीयको सहजताका लागि गाउँपालिकाले बैंकसँग समन्वय गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । चाडबाडको बेलामा ज्येष्ठ तथा असक्त नागरिकलाई पहिलो प्रथामिकता दिएर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।

    नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन गाउँपालिकाले विभिन्न रचानात्मक काम गरिरहेको उहाँकोे भनाइ छ । गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या तीन हजार १५२ जना रहेकोे जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.