सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वरिष्ठ श्रष्टा पराजुली अभिनन्दित


  •    न्युजभित्तो/१२ आश्विन २०८२, आईतवार ११:२६ 
  • चितवन, १२ असोज । गुरुङ समुदायको श्रीवृद्धिका लागि अतुलनीय योगदान पु¥याएवापत् वरिष्ठ श्रष्टा वसन्त पराजुली सम्मानित हुनुभएको छ । उहाँद्वारा रचना गरिएको ‘बखान’ उपन्यासले गुरुङ समुदायको इतिहास, संस्कृति र राजनीतिक भूमिकालाई कलात्मक उजागर गरेको छ । गत भदौमा सो उपन्यास सार्वजनिक भएको थियो ।

    तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनद्वारा शनिबार आयोजित विशेष कार्यक्रममा गुरुङ संस्कार अनुसार नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष समेत रहनुभएका पराजुलीलाई सम्मान गरिएको हो । परिषद्का जिल्ला अध्यक्ष विमला गुरुङले कार्यक्रममा वरिष्ठ समाजसेवी पराजुलीलाई दही–अक्षता र सेतो फेटा लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

    सो अवसरमा सम्मानित श्रष्टा पराजुलीले सम्मानप्रति कृतज्ञता प्रकट गर्दै यस्तो सम्मानले आफूलाई आगामी दिनमा थप ऊर्जा प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बखान उपन्यासले गुरुङ संस्कृतिसँगै समग्र नेपाली समाजको जीवन्त चित्रण गरेको छ ।” उपन्यासकार पराजुलीले उपन्यासमार्फत चितवनको विगतलाई केलाउने क्रममा उपन्यासको प्रमुख पात्र बखानसिंहलाई चितवन चिनाउन आवश्यक स्थानहरूको भ्रमण गराइएको प्रसङ्ग पनि सुनाउनुभयो ।

    कार्यक्रममा गुरुङ संस्कृतिका ज्ञाता गणेशबहादुर गुरुङले उपन्यासले ऐतिहासिक व्यक्तित्व बखानसिंह गुरुङको जीवनीसँगै व्यक्तित्व चितवनको ऐतिहासिक दस्तावेज भएको चर्चा गर्नुभयो । सो अवसरमा समीक्षक तथा पत्रकार विनोदबाबु रिजालले बखान उपन्यास केवल गुरुङ समुदायका लागि मात्र नभई गैरगुरुङ समुदायका पाठकका लागि पनि केही नयाँ पक्ष उजागर गरेको छ भन्नुभ यो ।

    तमु ह्युल छोँज धीँकी अध्यक्ष गुरुङका अध्यक्षतामा भएको कार्यक्रममा तमु ह्युल छोँज धीँका पूर्वअध्यक्ष एवं सल्लाहकार पदमबहादुर गुरुङ, विपश्यना आचार्य एवं लेखक अक्कलध्वज गुरुङ, तमु ह्युल छोँज धीँका केन्द्रीय सदस्य तुलाराम गुरुङ, नारायणसिंह गुरुङलगायतले बखान उपन्यासका विविध पक्षमाथि टिप्पणी गर्नुभएकोे थियो ।

    पढ्ने पर्ने उपान्यास बखान भित्र के छ त ?

    बखान उपन्यासले विशेष गरेर चितवनको ऐतिहासिक बस्ती विकास, धर्म संस्कृति र ऐतिहासिक कुरालाई जीवन्त रुपमा सरल र सहज भाषामा सुक्ष्म उत्खनन् गरेको छ । साथै गुरुङ संस्कृतिसँगै उपन्यासले थारू, नेवार संस्कृतिलाई आकर्षक रुपमा चित्रण गरेको छ । शिखा प्रकाशनद्वारा प्रकाशित सो उपन्यासले लेखनको परम्परागत शैलीलाई क्रमभंगता गर्दै नयाँ आयाम समेत दिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.