सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दसैँको मुखमा चीनबाट पर्याप्त कन्टेनर नआउँदा व्यापारीहरू मारमा


  •    न्युजभित्तो/१० आश्विन २०८२, शुक्रबार १५:३८ 
  • काठमाडौँ, १० असोज । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चिनियाँ पक्षले कन्टेनर कम छाड्दा नेपाली व्यापारीहरू समस्यामा परेका छन् ।

    नेपालीहरूको पर्व दसैँको मुखमा पनि अन्य समयभन्दा कम कन्टेनर चिनियाँ पक्षले छाडेका भन्दै व्यापारीहरूले‍ गुनासो गरेका हुन् ।

    पहिरोले यो नाका करिब दुई महिनादेखि अवरुद्ध थियो । बल्लतल्ल नाका खुल्दा पनि चिनियाँ पक्षले कम कन्टेनर छाडेपछि दसैँलक्षित सामान ल्याउन समस्या भएको उनीहरूले बताएका छन् ।

    नेपाल चाइना चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य रमेश शेर्पाले अनुसार नेपाली पक्षबाट पहल नपुगेकाले चीनले कम कन्टेनर छाडेको बताए ।

    व्यापारीले कहिले पहिरोको मार खेपेर सामा ल्याउन सकेनौँ । अब अहिले पहिरोले अवरुद्ध सडक खुल्यो तर चिनियाँहरू कम कन्टेनर छाडेपछि समस्या भयो, शेर्पाले भने, नेपाली पक्षको भन्सार पक्षबाट पनि अलि पहल पुगेन । चिनियाँ पक्षले के कारणले कम कन्टेनर छाडेको हो भन्न सकेको छैन । व्यवसायी मारमा परेका छौँ, दसैँको सामान दिन सकिरहेका छैनौँ ।

    नेपाली भूभागमा भएको सामानको कुनै समस्या नभए पनि चिनियाँ भूभागमा भएको कन्टेनर नेपाल प्रवेश नहुँदा समस्या भएको ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरुद्र थापाले बताए ।

    चीनबाट सहज रूपमा गाडीहरू आउन सकेको छैन । जति सामान आउनुपर्ने थियो त्यति आउन सकेको छैन,ु थापाले भने, यो चाडपर्वको बेलामा २५-३० कन्टेनर त आउनुपर्थ्यो तर हिजो ५-७ कन्टेनर मात्रै नेपाल आएका छन् । चाडपर्वलक्षित धेरै सामान आउनुपर्ने थियो त्यो आउन सकिरहेको छैन ।

    चीनको व्यवस्थापनले चासो नदिएको हो वा उनीहरूको केही आफ्नै समस्या छ त्यसबारे बुझ्न नसकिए थापाले बताए । भने, नेपालीको तर्फबाट सबै पहल भइरहेको छ ।

    दसैँ लक्षित सामान बोकेको कन्टेनहरू चीनले छाड्न नचाहेको कारणबारे जानकारी नपाइएको हिमालय सिमापार वाणिज्य संघ सदस्य बलराम ढकालले बताए । उनका अनुसार चीनले नेपाली कन्टेनर नछाड्‌नुपर्ने केही कारण भनेको छैन ।

    ढकालले भने, दसैँ आइसक्यो तर चीनले सहज रूपमा कन्टेनर छाड्‌न मानिरहेको छैन । नेपाली चाडपर्वकेन्द्रित सामान भन्ने चीनलाई पनि थाहा छ, उसले छाड्‌नुपर्थ्यो तर छाडेन । चीनको आफ्नै नियम हुने र त्यसैअनुसार सामान नपठाएको हो कि भन्नेमा उनले शंका गरे ।

    चीनबाट पर्याप्त सामान आउन नसकेको अर्का व्यवसायी शारदा प्रसाद पराजुलीले पनि बताए । चीनमा करिब दुई सय नेपाली कन्टेनर जाममा रहेका बताएका उनले भने, जाम धेरै नै छ भन्ने कुरा आएको छ । भेँडाच्याङग्राले गर्दा पनि अलि जाम नै हुन्छ । उनका अनुसार चीनको रमितेमा दुई सयजति नेपाली गाडी जाम भएर बसेका छन् ।

    अरू बेलाको तुलनामा बिहीबार चीनबाट कम कन्टेनर आएको तातोपानी भन्सार सिन्धुपाल्चोकका सूचना अधिकारी रमेश शाहले बताए । यसबारे चीनमा कुरा भइरहेको पनि उनले जानकारी दिए । ुहामीले रेगुलर रूपमा कोडिनेसन गरेका छौँ, सूचना अधिकारी शाहले भने, हाम्रो प्रमुख भन्सार अधिकृतज्यूले न्यालम भन्सारमा पनि कुरा गरिसक्नु भएको छ ।

    बिहीबार नेपालतर्फबाट पनि कन्टेनरहरू चीनमा पठाएको थियो । हिजो उहाँहरूको जनशक्ति पनि कम थियो कि के थियो, अरूपछिको तुलनामा अलि कम नै कन्टेनर छाडे, शाहले भने, अब २०-२५ वटा कन्टेनर आउने अपेक्षा गरेका छौँ । हामीले चीनको भन्सारसँग समन्वय गरिरहेक छौँ । हामी सम्पर्कमै छौँ ।

    चिनियाँहरूले आफूहरूको जनशक्तिले धान्ने जति कन्टेनर पठाउने म्यासेज पठाएको शाहको भनाइ छ । उनीहरूलाई नेपालीको ठुलो चाडपर्व भन्ने पनि थाहा छ, सामान रोकिएको पनि थाहा छ भनेका छन्, शाहले भने, हाम्रो जनशक्तिले धान्ने जति पठाउने म्यासेज पठाएका छन् ।

    भोटेकोशी गाउँपालिका-२ मा पर्ने कोदारी सडकखण्डको इको पहिरोमा साउन १७ गते राति खसेको पहिरोले अवरुद्ध सडक भदौ ६ गते मात्रै खुलेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.