सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उवासंघ चितवनमा शाक्य र श्रेष्ठको भिडन्त, कसले मार्ला बाजी ?


  •    न्युजभित्तो/२६ पुष २०७६, शनिबार ०८:५५ 
  • नारायणगढ । चितवनका उद्योगी व्यवसायीहरुले प्रतिष्ठाको लडाईँको रुपमा लिने उद्योग वाणिज्य संघ चितवनको नेतृत्वका लागि यसपालि राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्यबीच भिडन्त हुने भएको छ । संघको नयाँ अध्यक्षका लागि शाक्य र श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।

    त्यसैगरी, संघको बरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद कँडेल र चुननारायण श्रेष्ठको उम्मेदवारी परेको छ । चुननारायण राजु श्रेष्ठको र कँडेल ज्ञानेन्द्रमान शाक्य प्यानलका हुन् ।
    संघमा नयाँ कार्यकालका लागि तीनजना उपाध्यक्षसहित ६ जना निर्विरोध निर्वाचित भएका छन् । ती पदमा उनीहरुको मात्रै उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएका हुन् । वाणिज्यतर्फ सुमनकुमार श्रेष्ठ, उद्योगतर्फ चिरञ्जिवी सुवेदी र क्षेत्रिय संगठिततर्फ भोजराज कौडालको मात्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

    क्षेत्रिय संगठित सदस्यमा मुक्तिकुमार श्रेष्ठ तथा कर्पोरेटतर्फबाट राजेन्द्र ओली र सिरिष पन्त पनि उद्योग वाणिज्य संघ चितवनको कार्यसमितिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

    उद्योग वाणिज्य संघ चितवनको आगामी मंगलबार हुने निर्वाचनका लागि २५ पदमा ३७ जनाको उम्मेदवारी परेको छ । वस्तुगततर्फ चारजना सदस्यका लागि सात जना, वाणिज्यतर्फ छ जना सदस्यका लागि दश जना र महिला उद्यमी एक जनामा दुई जनाको उम्मेदवारी परेको छ । आज विहान ९ देखि ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ ।

    यसअघि राजु श्रेष्ठ र चुननारायण श्रेष्ठ अध्यक्षको आकांक्षी देखिएकामा संघका पूर्वअध्यक्षहरुले दुवैबीच गोलाप्रथा गराएर राजुलाई अध्यक्ष र चुननारायणलाई बरिष्ठ उपाध्यक्षमा सर्वसम्मत गराउने सहमति गरेका थिए । तर गोलाप्रथालाई अमान्य घोषित गर्दै ज्ञानेन्द्रमान शाक्यले अध्यक्षमा र विष्णुप्रसाद कँडेलले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । शाक्य र कँडेलले संघका पूर्व अध्यक्षहरुको निर्णयलाई चुनौती दिँदै उम्मेदवारी दिएपछि यसले अहिले उद्योग वाणिज्य संघको राजनीतिमा तरङ्ग ल्याइदिएको छ ।

    अध्यक्ष र बरिष्ठ उपाध्यक्षका उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा सफल व्यवसायी मानिन्छन् । हिजो भएको उम्मेदवारी दर्तासँगै उद्योगी, व्यवसायीबीच संघको नयाँ नेतृत्वमा कसले बाजी मार्ला भन्ने बहस र जोड घटाउ शुरु भएको छ ।

    शाक्य र श्रेष्ठ यसअघि पनि संघको अध्यक्ष पदमा उम्मेदवार भएका थिए । तर उनीहरुले चुनाव जित्न सकेनन् । श्रेष्ठ हालका अध्यक्ष सहनलाल प्रधानसँग र शाक्य पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराईसँग पराजित भएका थिए । त्यसैले पनि यी दुईबीचको भिडन्तलाई चासोका साथ हेरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.