सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राससकर्मी रावत पुरस्कृत


  •    न्युजभित्तो/९ आश्विन २०८२, बिहीबार १२:२९ 
  • जुम्ला, ९ असोज ।, नेपाल पत्रकार महासङ्घ जुम्ला शाखाले पत्रकारिता क्षेत्रमा पु¥याएको अमूल्य योगदानको कदर गर्दै राससका स्थानीय समाचारदाता विजय रावतलाई पुरस्कृत गरेको छ ।

    दुर्गम जिल्ला जुम्लासहित कर्णाली क्षेत्रको खोजमूलक समाचार सम्प्रेषण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गराउन उल्लेखनीय भूमिका निर्वाह गर्नुभएकाले रासस समाचारदाता रावतलाई पुरस्कृत गरेको महासङ्घ जुम्ला शाखाले जनाएको छ ।

    महासङ्घ जुम्ला शाखाले स्थापना गरको ‘गौरी–पदम स्मृति पत्रकारिता कोष’बाट जनही रु १० हजार नगद, कदरपत्र र दोसल्लासहित युवा पत्रकार रावतसहित दूबो खबर अनलाइनका कालीबहादुर परियार र रेडियो नारी आवाज, जुम्लाका ‘स्टेसन म्यानेजर’ लक्ष्मी न्यौपानेलाई आज एक कार्यक्रमबीच पुरस्कृत गरेको हो ।

    प्रमुख अतिथिका रूपमा सहभागी हुँदै गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले निष्पक्ष, जवाफदेही र जनमुखी पत्रकारिता गरी लोकतान्त्रिक मूल्य र मान्यतालाई अझ सवल र सुदृढ बनाउने पक्षमा कलम चलाउन आमसञ्चारकर्मीसँग अनुरोध गर्नुभयो ।

    यसैगरी तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले कर्णाली क्षेत्रको कृषि, पर्यटन, ग्रामीण विकास, शिक्षा, स्वास्थ्यलगायत जनताको दैनिकीसँग जोडिएका विषयवस्तुलाई केन्द्रमा राखेर समाचार सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो ।

    पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले पुरस्कृत सञ्चारकर्मीले जुम्लासहित यस भेगका दुर्गम गाउँवस्तीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रसँग जोड्न उल्लेखनीय भूमिका निर्वाह गर्नुभएकाले पुरस्कृत गरेको स्पष्ट गर्नुभयो ।

    पुरस्कृत हुनेमध्येबाट राससका समाचारदाता रावतले विभिन्न अवसर गुमाएर करिब १५ वर्षदेखि निरन्तररूपमा कृषि, पर्यटन, ग्रामीण विकासलगायतका स्थानीय मुद्दालाई प्राथमिकता दिई निष्पक्ष एवं सन्तुलित ढङ्गबाट खोजिपत्रकारिता गरिरहेको जानकारी दिँदै यसरी पुरस्कृत भएसँगै अझ क्रियाशील, जवाफदेही र जिम्मेवार भई पत्रकारिता गर्नुपर्ने चुनौती थप थप भएको बताउनुभयो ।

    पत्रकार महासङ्घ जुम्ला शाखाले जिल्लामा क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाका उत्कृष्ट पत्रकारलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.