सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चुच्चेपाटी र नागार्जुनमा सवारी दुर्घटना, २ जनाको मृत्यु


  •    न्युजभित्तो/८ आश्विन २०८२, बुधबार १२:१५ 
  • काठमाडौँ, ८ असोज । काठमाडौँमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

    काठमाडौँ महानगरपालिका-६ चुच्चेपाटी भाटभाटेनीस्थित सडकमा म.प्र.०३-००२ ख ४०६७ नम्बरको ट्रकले बा.८६ प ७४५७ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ घर भएकी २६ वर्षीया सीता तिमल्सिनाको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएकी उनको सामुदायिक स्तुपा अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधनका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यसैगरी काठमाडौँकै नागार्जुन नगरपालिका-४ सोल्टी दोबाटोस्थित सडकमा बा।प्र -०१-०३० च ६५०१ नम्बरको ईभी भ्यानको ठक्करबाट सोही नगरपालिका-१० घर भएका ६३ वर्षीय हरिचन्द्र लामिछानेको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उता, बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोजीस्थित सडकमा भे.१ त ७७८४ नम्बरको ट्याक्टरले भे.१२ प ९४८७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५२ वर्षीय कर्ण बहादुर थापाको घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.