सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जोगिएका समानबाट यातायात कार्यालयले सेवा सञ्चालन गर्दै


  •    न्युजभित्तो/३ आश्विन २०८२, शुक्रबार १५:२६ 
  • वाग्मती, ३ असोज । ‘जेनजी’ प्रदर्शनका आगजनीबाट ध्वस्त भएको यातायात व्यवस्था कार्यालय हेटौँडा आगजनीबाट जोगिएका समान राखेर सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ । आगजनीबाट सो कार्यालयको भुइँतला र माथिल्लोतला जलेर पूर्ण रुपमा ध्वस्त भएका थिए भने पहिलोतला सुरक्षित छ ।

    सुरक्षित रहेका कोठामा जोगिएका टेबुल कुर्सी राखेर तत्काल कार्यालयको सेवा सञ्चालन गर्ने तयारीमा जुटेको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।

    “आगजनीबाट भुइँतलामा रहेको सेवाग्राहीका करिब ७० हजार फाइल तथा आवश्यक कागजात जलेर खरानी भइसकेको छ”, प्रमुख श्रेष्ठले भन्नुभयो, “अहिले भुइँतलामा थुप्रिएको ती खरानी सफा गरिरहेका छौँ, मेरो कार्यकक्षसहित पहिलोतलाको केही कोठा करिब करिब सुरक्षित छ, हामी त्यही कोठामा कार्यालय व्यवस्थापन गरेर तत्काल नियमित सेवाप्रवाह गर्ने तयारीमा जुटेका छौँ ।”

    आगजनीबाट कार्यालयमा जडान गरिएको विद्युत्, इन्टरनेट र खानेपानी क्षतिग्रस्त भइसकेको छ । प्रमुख श्रेष्ठले भन्नुभयो, ‘‘तत्काल विद्युत् र इन्टरनेट सेवा जडानको काम भइरहेको छ, ती काम सकिएपछि दर्ता, नवीकरण, रोड प्रमिटलगायतका काम सुरु गर्छांै ।” कार्यालयमा रहेका सेवाग्राहीको फाइल तथा महत्वपूर्ण कागजात जलिसकेकाले अब कसरी काम अघि बढाउने भन्ने विषयमा मन्त्रालय, विभाग र कर्मचारीसँग आवश्यक छलफल भइरहेको उहाँको भनाइ छ ।

    सेवा सञ्चालनका लागि तत्काल आवश्यक कागजात छपाइ, विद्युतीय समान खरिदको काम भइरहेकाले चाँडै सेवा सञ्चालन हुने प्रमुख श्रेष्ठले बताउनुभयो । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालयमा करिब रु एक करोड २० लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो । आगजनीबाट कार्यालयमा रहेका २४ थान कम्प्युटर, ३८ थान प्रिन्टर, दुई थान ल्यापटपलगायत ६३ किसिमका सामान जलेर खरानी भएका छन् ।

    यस्तै, कार्यालयको भण्डारण कक्षमा राखिएको पाँच हजार थान इम्बुस नम्बर प्लेटसमेत जलेर नष्ट भएको छ भने प्रदर्शनकारीले दुई मोटरसाइकल र एउटा स्कुटरसमेत जलाएर खरानी बनाएको कार्यालय जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.