सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर महोत्सव शुरु, निजी सम्पत्तिमाथि सरकारले हस्तक्षेप गर्दैन : पूर्वअर्थमन्त्री पाण्डे


  •    न्युजभित्तो/२५ पुष २०७६, शुक्रबार १८:३५ 
  • रत्ननगर (चितवन) । रत्ननगर नगरपालिकाको टिकौली चौरमा आजदेखि १०औँ रत्ननगर महोत्सव–२०७६ शुरु भएको छ । महोत्सवको पूर्वअर्थमन्त्री, प्रतिनिधि सभा सदस्य एवम् सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र प्रसाद पाण्डेले उद्घाटन गर्नुभयो ।

    त्यस अवसरमा पूर्वअर्थमन्त्री पाण्डेले निजी सम्पत्तिमाथि सरकारले हस्तक्षेप गर्ने रणनीति नलिएको बताउनुभएको छ । सरकारका विरोधीहरुले निजी सम्पत्ति सरकारले कब्जा गर्दैछ भनेर हल्ला फिजाएको भन्दै पाण्डेले सरकारको काम कर लिने भएकाले निजी सम्पत्ति नहड्प्ने बताउनुभयो । निजी सम्पत्तिमाथि सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पार्दै पाण्डेले निजी क्षेत्रलाई अगाडि बढ्न आग्रह गनुभयो । पुँजीको विकास नभएसम्म समाजवाद प्राप्त गर्न नसकिने भन्दै पाण्डेले समाजवादमा पुग्नकै लागि भए पनि पुँजीको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

    आगामी माघ ७ गतेसम्म सञ्चान हुने महोत्सव उद्घाटनको अवसरमा प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सरकारले व्यवसायीको हकहितका लागि काम गरिरहेको बताउनुभयो । स्थानीय स्तरमा हुने मेलामहोत्सवले समृद्धि ल्याउनका लागि मद्दत गर्ने भन्दै पोखरेलले महोत्सवहरुमा आयात प्रतिस्थापन गर्दै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

    महोत्सवको उद्घाटनसत्रसँगै आजैदेखि पञ्चकन्या मध्यवर्ती सामुदायिक वनमा जीप सफारीसमेत शुरु गरिएको छ । कार्यक्रममा रत्ननगर महोत्सवका मूल संयोजक एवम् उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवद्र्धन गर्दै चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्वद्र्धनमा रत्ननगर महोत्सवले विशिष्ट र दुरगामी महत्त्व बोकेको बताउनुभयो । २०५७ सालदेखि प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गरिदै आएको महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्त्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको रेग्मीको भनाइ छ ।

    महोत्सव उद्घाटन समारोहमा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता तेजेन्द्रबहादुर खड्का, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, रत्ननगर नगरपालिकाकी कार्यवाहक प्रमुख विमला दुवाडी, सामाजिक विकास मन्त्रालय प्रदेश ३ का सचिव गोकर्ण दुवाडी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतले मन्तव्य राख्नुभएको थियो ।

    रत्ननगर महोत्सवको अवसर पारेर १३औँ साग प्रतियोगितामा तेक्वान्दो खेलबाट नेपालका लागि स्वर्ण पदक प्राप्त गर्ने खेलाडी पार्वती गुरुङ र कास्य पदक प्राप्त गर्ने खेलाडी शिशिर श्रेष्ठलाई उद्योग वाणिज्य संघ रत्ननगरले नगदसहित सम्मान गरेको छ । उहाँहरुलाइलाई कार्यक्रमका प्रमुख अतिथि पाण्डे, महोत्सव मूल समारोह समितिका संयोजक राजाराम रेग्मीसहितले सम्मान गर्नुभएको हो ।

    महोत्सव अवधिभर व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिंचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, प्लान्ट क्लिनिक, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई जोड दिइएको छ । महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर रहेका छन् ।

    महोत्सवलाई सुरक्षित बनाउनका लागि सिसिटिभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ बराबरको बीमा समेत गरिएको आयोजकको भनाइ छ । स्वदेशी तथा विदेशीगरि महोत्सवमा ५२१ वटा स्टल रहेका छन् भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ । महोत्सवको उद्घाटनपूर्व नेपाल माविको परिसरबाट विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहितको वृहत् शोभायात्रा निकालिएको थियो ।

    महोत्सव उद्घाटनका केही तस्वीर :

    तस्वीर सौजन्य : आनन्द पोखरेल

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो
    • अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’!
    • असिनाले ७४ सवारीसाधनमा क्षति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.