सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्ततः प्रदेशको राजधानी हेटौँडा र नाम वागमती नै राख्ने नेकपा प्रदेश ३ संसदीय दलको निर्णय


  •    न्युजभित्तो/२५ पुष २०७६, शुक्रबार १६:१७ 
  • हेटौंडा । नेकपा प्रदेश–३ संसदीय दलको बैठकले प्रदेशको राजधानी हेटौंडा मात्रैको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । प्रदेश राजधानीका विषयमा संसदमा प्रस्ताव दर्ता गराउँदा हेटौंडाको पक्षमा मात्र दर्ता गराउने निर्णय भएको नेकपा प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फुयालले बताउनुभयो ।

    पहिले संसदमा राजधानीका लागि प्रस्ताव भएको पाँच जिल्लाको नाम भन्दा पनि अब फेरी हेटौंडाका पक्षमा मात्र प्रस्ताव दर्ता गर्ने निर्णय भएको उहाँले बताउनुभयो । प्रदेशको नाम भने वागमती राख्ने सर्वसहमतीले निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

    बैठकपछी प्रदेशको राजधानी हेटौंडा र नाम वागमतीको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरिएको छ । आज शुक्रबार दिउँसो ३ बजे संसद बठक बस्दै छ । केही सांसदहरुले अरु जिल्लाको पनि नाम दर्ता गराउने भनेका छन् । प्रदेश ३ को सत्तारुढ दल नेकपा संसदीय दलको शुक्रबार सम्पन्न बैठकले राजधानी र नामाकरणका विषयमा निर्णय गरेर राजधानी र नामाकरणको प्रकृया संसदमा सुरु गर्नका बाटो सहज भएको हो ।

    नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्न संसदीय दल र प्रदेश कमिटीलाई निर्देशन दिएपछि मुख्यमन्त्रीको सक्रियतामा आज बिहीवार दलको बैठक पाँचौ पटक बसेको हो । पार्टी निर्देशन अनुसार राजधानी र नाममा सहमती जुटाउन संसदीय दलको बैठकमा प्रयासपछी निर्णय गरिएको हो ।

    हिजो बिहीवार बसेको दलको बैठकमा प्रदेशसभामा हेटौंडाको मात्रै प्रस्तान लाने वा पाँचवटै जिल्लाको प्रस्ताव लैजाने भन्ने विषयमा सांसदहरुबीच रस्साकस्सी चलेको थियो ।

    छलफलका क्रममा केही सांसदले राजधानी अध्ययन सम्भाव्यता समितिले सिफारिस गरेको ५ जिल्ला संसदमा प्रस्ताव गर्नुपर्ने माग गरेका थिए । केहीले भने हेटौंडा र काभ्रेको मात्रै प्रस्ताव लैजानु पर्ने धारणा राखेका थिए । प्रतिवेदनमा काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर छनौट भएका थिए ।

    संसदीय दलको पाँचौ बैठकले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी विवादको निरुपण गरेको छ । यसअघि बसेका ४ वटा बैठकमा राजधानी हेटौंडा वा काभ्रे बनाउने विषयमा विवाद भएको थियो ।

    राजधानी र नामाकरणको विषयमा सहमती हुन नसक्दा हिजो बिहीवार बेलुका अबेरसम्म बसेको उपलब्ध नेकपा केन्द्रीय सदस्यहरुको बैठकले आजको बैठकबाट ह्विप जारी गर्ने र प्रदेशसभामा हेटौंडा र बाग्मतीको मात्रै प्रस्ताव लैजाने निश्कर्ष निकालेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.