सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनजीवन पुरानै लयमा फर्किंदै


  •    न्युजभित्तो/२ आश्विन २०८२, बिहीबार ११:०६ 
  • सिरहा, २ असोज । ‘जेनजी’ प्रदर्शनपछि अस्तव्यस्त बनेको सिरहाको जनजीवन र सरकारी सेवा प्रणाली बिस्तारै लयमा फर्किंदैछ । 
    जिल्ला प्रशासन कार्यालयले गत भदौ २६ मा सबै कार्यालयलाई समन्वय गरी २९ गतेदेखि सेवा सुरु गर्न निर्देशन दिएको थियो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार बुधबारदेखि जिल्ला प्रशासन कार्यालयले पूर्ण सेवा सञ्चालनमा ल्याएको छ । 
    उहाँका अनुसार प्रहरीको अनुपस्थितिमा असुरक्षित महसुस गरेका स्थानीयवासीले नै प्रहरी युनिटको पुनःस्थापनामा सहयोग गरेका छन् । “आन्दोलनपछि अन्योल थियो, तर हामीसँग जे छ त्यसैबाट थालेर उठ्ने प्रयास ग¥यौँ । हाल अवस्था सामान्य हुँदै गएको छ र हामी पुरानै स्थितिमा फर्किन निरन्तर लागिरहेका छौँ”, प्रमुख जिल्ला अधिकारी वसन्तले भन्नुभयो । 
    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार आन्दोलनमा क्षतिग्रस्त १४ मध्ये १२ प्रहरी युनिट पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी रहेका दुईवटा अस्थायी प्रहरी बिट पनि चाँडै पुनःस्थापना हुनेगरी काम भइरहेको छ । 
    यहाँ जिल्लाका अन्य कार्यालयहरू पनि सेवा बिस्तार गर्दै लगेका छन् र जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किँदैछ । यहाँ आन्दोलनका कारण एकै दिनमा जिल्लामा करिब रु एक अर्बभन्दा बढीको क्षति भएको छ । । प्रदर्शनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण यहाँका निजी र प्रहरीसहित ५२ भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक तथ्याङ्क छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.