सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँदर लखेट्न गएका ओमबहादुरको आफ्नै बन्दुकको छर्रा लागेर मृत्यु


  •    न्युजभित्तो/२५ पुष २०७६, शुक्रबार १२:१६ 
  • बागलुङ । बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ । छर्राले घाइते भएका तमानखोला गाउँपालिका–१, बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घरछेउको जङ्गलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती हिजो दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लाग्दा घाइते भएका स्थानीयवासीले बताएका छन् ।

    उनको बायाँ हात, खुट्टा र पिडौँलामा चोट लागेको थियो । घटनालगत्तै स्थानीयवासीले घर्तीलाई उपचारका लागि सदरमुकाम ल्याएका र अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताउनुभयो । घर्तीले प्रयोग गरेको भरुवा बन्दुक दर्ता भए/नभएको विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ ।

    बाँदर लखेट्न भनिए पनि घटनाको कारणका विषयमा पनि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । मृतक घर्तीको शव अञ्चल अस्पतालमा राखिएको छ । आवश्यक अनुसन्धान र परीक्षणपछि शवलाई परिवारको जिम्मा लगाइने भट्टराईले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.