सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम वागमति राख्नेमा नेकपाभित्र सहमति बन्दै, संसदमा पनि सर्वसहमतीको प्रयास


  •    न्युजभित्तो/२५ पुष २०७६, शुक्रबार ११:५२ 
  • हेटौंडा । सत्तारुढ नेकपाको प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फुयाँलले प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमति राख्नका लागि प्रदेशसभामा नेकपा एक मत भएर अगाडि बढ्ने बताउनुभएको छ । न्यूजभित्तोसँग कुरा गर्दै उहाँले स्थायी राजधानी हेटौंडा कायम गरेर नाम वागमती राख्नेमा नेकपाका सवै साँसद एक हुने बताउनुभयो ।

    प्रदेश राजधानी हेटौंडा कायम गर्न नेकपाभित्र एक मतले अगाडि बढ्ने प्रयास जारी छ । यसै विषयलाई लिएर नेकपा प्रदेश ३ संसदीय दलको बैठक आज पाँचौँ दिन पनि बसेको छ । आजको बैठकले प्रदेशको स्थायी राजधानी र नामका विषयमा निर्णय गर्ने तयारी गरेको बताइएको छ ।

    नेकपाका प्रमुख सचेतक फुयाँलले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलगायत प्रदेश संसदमा प्रतिनिधित्व गरेका दलहरुसँग पनि सर्वसहमतीको प्रयास भईरहेको जानकारी दिनुभयो । ‘स्थायी राजधानी र नामकरणका विषयमा दलहरुसँग सर्वसहमती गर्ने र नेकपाभित्र एकमत हुने प्रयास भइरहेको छ । सर्वसहमतीको प्रयासका लागि अनौपचारिक रुपमा दलहरुसँग छलफल चलाइएको छ’ उहाँले भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.