सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बनेपा प्रहरी कार्यालयबाट लुटिएको ७३० राउन्ड गोलीसहित ७ जना पक्राउ


  •    न्युजभित्तो/२९ भाद्र २०८२, आईतवार १५:३१ 
  • काभ्रे, २९ भदौ । जिल्ला प्रहरी कार्यालय काभ्रेले हतियारको गोलीसहित ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी अधिकृतसहितको विशेष टोलीले भदौ २८ र २९ गते चलाएको खोजतलास अभियानका क्रममा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेलेका अनुसार पक्राउ पर्नेहरूमा काभ्रे बनेपा नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय अछुत खड्का, सोही ठाउँका २६ वर्षीय सिजन सुवाल र २८ वर्षीय सुवास गौतम रहेको छन् ।

    त्यस्तै पक्राउ पर्ने अन्यमा बारा बनौली सखुवा–८ का २० वर्षीय ईसाक भन्ने महेश मुखिया, मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, काभ्रे तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का २३ वर्षीय प्रविन कार्की रहेका छन् ।

    भदौ २४ गते इलाका प्रहरी कार्यालय, बनेपामा भएको आगजनीको घटनामा संलग्न उनीहरूको साथबाट ७३० राउन्ड गोली समेत बरामद गरिएको छ।

    पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेले थप अनुसन्धान अगाडि बढाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.