विद्यालय खुले, पठनपाठन भोलिदेखि न्युजभित्तो/२९ भाद्र २०८२, आईतवार १४:०० काठमाडौं, २९ भदौ । जेन–जी आन्दोलनका कारण बन्द भएका शैक्षिक संस्था आइतबारदेखि खुलेका छन् । सामुदायिक र निजी दुवै शैक्षिक संस्था खुलेका छन् । ‘आज शिक्षक कर्मचारीले विद्यालय सरसफाइ गर्नु भएको छ । भोलिदेखि नियमित पठनपाठन हुन्छ,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने। काठमाडौं महानगरले पनि आजदेखि विद्यालय खोल्ने र पठनपाठन भोलिदेखि गर्ने निर्णय गरेको थियो । निजी विद्यालय सञ्चालकहरूले पनि विद्यालय खुलाएको जनाएका छन्। प्याब्सनका पूर्व अध्यक्ष डिके ढुंगानाका अनुसार आजदेखि क्रमशः विद्यालय खुलाउने निर्णय भएको छ। स्थानीय तहसँग समन्वय गरेर सहज भएको ठाउँमा आजदेखि विद्यालय खोलिएको हो । तपाईको प्रतिक्रिया ताजा अपडेट चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित डिडिसीको बिक्री कक्ष भरतपुरमा
काठमाडौं, २९ भदौ । जेन–जी आन्दोलनका कारण बन्द भएका शैक्षिक संस्था आइतबारदेखि खुलेका छन् । सामुदायिक र निजी दुवै शैक्षिक संस्था खुलेका छन् ।
‘आज शिक्षक कर्मचारीले विद्यालय सरसफाइ गर्नु भएको छ । भोलिदेखि नियमित पठनपाठन हुन्छ,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।
काठमाडौं महानगरले पनि आजदेखि विद्यालय खोल्ने र पठनपाठन भोलिदेखि गर्ने निर्णय गरेको थियो ।
निजी विद्यालय सञ्चालकहरूले पनि विद्यालय खुलाएको जनाएका छन्।
प्याब्सनका पूर्व अध्यक्ष डिके ढुंगानाका अनुसार आजदेखि क्रमशः विद्यालय खुलाउने निर्णय भएको छ।
स्थानीय तहसँग समन्वय गरेर सहज भएको ठाउँमा आजदेखि विद्यालय खोलिएको हो ।