रत्ननगर महोत्सव–२०७६ आजदेखि शुरु हुँदै, शोभायात्रा शुरु, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने
न्युजभित्तो/२५ पुष २०७६, शुक्रबार १०:३४
चितवन । रत्ननगर महोत्सव–२०७६ आजदेखि शुरु हुँदैछ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवर्धन हाम्रो अभियान’ मूल नाराका साथ शुरु हुने महोत्सवको पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुहुने महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिनुभयो । उपराष्ट्रपति नन्दबहादुर पुनबाट उद्घाटन गर्ने तयारी गरिएको भएपनि उहाँको स्वास्थ्यमा समस्या भएको कारण उपस्थित हुन नसक्नुभएको रेग्मीले बताउनुभयो ।
महोत्सव स्थल टिकौली चौरमा अपरान्ह साढे १२ बजे दशौँ श्रृङ्खलाको रत्ननगर महोत्सवको उद्घाटन गर्ने तयारी छ । अहिले रत्ननगरको नेपाल माविको प्राङ्गढबाट शोभायात्राको शुरुवात गरिएको छ । विभिन्न जातजाति, धार्मिक, साँस्कृतिक, शैक्षिकलगायत संघसंस्थाको सहभागितामा बाजा र झाँकीसहितको शोभायात्रा शुरु भएको हो ।
रत्ननगर महोत्सवमा पुग्ने अवलोकनकर्ताहरुले यसपालि विगतका महोत्सव भन्दा फरक अनुभव गर्नेछन् । महोत्सवमा कृषि र पर्यटन प्रवर्धनलाई विशेष जोड दिइएको छ । कृषक तथा कृषि पेशा अपनाउन चाहनेहरुका लागि वृहत व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिताले आकर्षण र उत्साह जगाउने छ । त्यस्तै, नेपाल भ्रमण वर्ष २०२०लाई प्रवर्धन गर्नेगरी महोत्सवमा सहभागीलाई आन्तरिक पर्यटनको नौलो स्वाद पस्किन आयोजकले तयारी गरेको छ ।
रत्ननगर महोत्सव माघ ७ गतेसम्म १२ दिन सञ्चालन हुनेछ । महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्त्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको महोत्सव मूल आयोजक समितिका संयोजक रेग्मीले बताउनुभयो ।
महोत्सव संयोजक रेग्मी भन्न्नुहुन्छ– ‘समग्र चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवर्धन गर्दै चितवनको सामाजिक, साँस्कृतिक र ऐतिहासिक धरोहरहरुको प्रवर्धन र सम्बर्धनमा रत्ननगर महोत्सवले विशिष्ट र दूरगामी महत्त्व बोकेको छ ।’ रत्ननगर नगरपालिकाको संरक्षकत्वमा रत्ननगर उद्योग वाणिज्य संघले प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको रत्ननगर महोत्सवका विगतका अनुभवलाई मनन् गर्दै यसपालि अझै परिष्कृत र परिमार्जित रुपमा महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सव आयोजकले यसपालिको रत्ननगर महोत्सव नेपाल भ्रमण वर्ष २०२०को प्रवर्धनका लागिसमेत सहयोगी बन्ने विश्वास लिएको छ ।
रत्ननगर महोत्सवमा पाँच सय २१ स्टल रहेका छन् । ती स्टलमा गरिने प्रदर्शनीले उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन सक्षम हुने आयोजकको विश्वास छ ।
महोत्सवको पाँच लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संयोजक रेग्मीले बताउनुभयो । महोत्सवमा बृहत व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रम तथा बालबालिकाका लागि फनपार्कसमेत रहेका छन् । महोत्सव परिसरमै जीपलाइन एडभान्चर, वन्यजन्तुको चित्रसहित सेल्फी डाँडा र पञ्चकन्या सामुदायिक वनमा जीप सफारीको व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ ।
त्यसैगरी, महोत्सवमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकार तथा स्थानीय उदीयमान प्रतिभाहरुद्वारा मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुती अवलोकनकर्ताहरुका लागि थप आकर्षण रहने महोत्सव संयोजक रेग्मीले बताउनुभयो । रेग्मीले स्थानीय प्रहरी, प्रशासनसँग आवश्यक समन्वय गरिएकोले महोत्सवको सुरक्षा व्यवस्था मजबुत रहने पनि बताउनुभयो ।
चिकेन एण्ड एग फुड फेस्विल हुने
रत्ननगर महोत्सवमा विगतमा जस्तै यसपालि पनि पाँच दिन चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना गरिने भएको छ । रत्ननगरको टाँडीमा पुस २९ देखि माघ ४ गतेसम्म हुने फेस्टिबलमा कुखुराको मासु र अण्डाका विशेष परिकारहरुको प्रदर्शनी गरिने पोल्ट्री व्यवसायीसमेत रहनुभएका महोत्सव स्टेयरिङ कमिटीका सदस्य ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयो । पोल्ट्री क्षेत्रको प्रवर्धनका लागि महोत्सवको अवसरमा चिकेन एण्ड एग फुड फेस्टिबल गर्न लागिएको विसुरालले बताउनुभयो ।