सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नुवाकोटको शान्ति–सुरक्षा सामान्य


  •    न्युजभित्तो/२७ भाद्र २०८२, शुक्रबार ११:१८ 
  • त्रिशूली (नुवाकोट), २७ भदौ । नुवाकोटको अवस्था सामान्य हँुदै गएको छ । जेनजी समूहको प्रदर्शनका कारण गत सोमबारदेखि भइरहेको विरोध तथा आगजनीबाट अशान्त भएको जिल्लाको अवस्था अहिले शान्तिपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अहिलेको विषम परिस्थितिको फाइदा उठाउँदै हुनसक्ने अराजक गतिविधि रोक्न निषेधाज्ञा भने जारी राखिएको छ ।

    प्रजिअ घिमिरेका अनुसार, नेपाली सेनासहितको सुरक्षाकर्मीबाट जिल्लाको शान्ति, सुरक्षाको भरपर्दो प्रत्याभूति उपलब्ध गराइ अवस्था सामान्य बनेको छ । नियमित रुपमा पेशा व्यावसाय सञ्चालन, आवतजावतसहित आमनागरिकको दैनिक जनजीवन पूर्ववत अवस्थामा फर्किएको छ ।

    जिल्लामा जारी रहेको निषेधाज्ञाको समयमा बिना उद्देश्यले पाँच जनाभन्दा बढीको समूहमा भेला हुन, आवातजावत गर्न भने रोक लगाइएको छ । रातको समयमा कफ्र्यू लगाइने हुदाँ उक्त समयमा आवतजावत गर्नैपर्ने अवस्था आएमा सुरक्षाकर्र्मीसँग समन्वय गर्न भनिएको छ ।

    जेनजी समूहको विरोध प्रदर्शनका क्रममा जिल्लामा रहेका राजनीतिक दलका पार्टी कार्यालय, दलका नेताका घरमा आगजनीसहितको विरोध प्रदर्शनले सुरक्षाको अवस्था कमजोर भए पनि अहिले सामान्य हुँदै आएको छ ।

    विशेषगरी अहिलेको विषम परिस्थितिको मौका छोपी चोरी, डकैती, लुटपाटलगायत अवाञ्छित गतिविधि हुनसक्ने भएकाले आम नागरिकलाई पनि सजग र सचेत भएर शान्ति सुरक्षा कायम गर्नका लागि सेनाले अपिल गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.