सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काँग्रेस जिल्ला सभापतिहरुको ठहर : केन्द्रको बहुमतको निर्णय पार्टी विधानको मर्म विपरित


  •    न्युजभित्तो/२४ पुष २०७६, बिहीबार २३:२१ 
  • काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले यही पुस ११ गते केन्द्रीय समितिको बहुमतबाट गरिएको निर्णय पार्टीको परम्परा, विधानको मर्म र वृहत्तर हित प्रतिकूल भएको भन्दै निर्णयले उत्पन्न विवाद अन्त्य गर्न नेतृत्वलाई सुझाव दिनुभएको छ ।

    पार्टी केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मलेन गरी उहाँहरुले सोमबारदेखि तीन दिनसम्म काठमाडौँमा बसेको जिल्ला सभापतिको बैठकका निष्कर्षबारे जानकारी गराउनुभएको हो । पत्रकार सम्मेलनमा काभ्रेपलाञ्चोकका जिल्ला सभापति मधु आचार्यले बैठकका निष्कर्षबारे जानकारी गराउनुभएको थियो । पाँच बुँदे सुझावसहित निष्कर्ष आज पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवगत गराइएको थियो ।

    २०७५ मङ्सिर २८ देखि पुस ८ गतेसम्म बसेको महासमिति बैठकले गरेको निर्णयलाई त्यस लगत्तै बसेको केन्द्रीय समितिको बैठकले आफ्नो क्षेत्राधिकार बाहिर गएर उल्ट्याउने कार्य विधान विपरीत रहेको भन्दै सो निर्णय जिल्ला सभापतिहरुले सच्याउन आग्रह गर्नुभएको छ । साथै महाधिवेशनमा सबैजना पार्टीको वडा तहबाट नै निर्वाचित भई आउनुपर्ने र समानुपातिक÷आरक्षण कोटामा एक व्यक्ति, एक अवसरको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

    यसैगरी केन्द्रीय विभाग, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन र अन्य समिति विधान सम्मत हुनुपर्ने, काँग्रेसको सदस्यता र क्रियाशील सदस्यता पार्टीको विधानले निर्दिष्ट गरेअनुसार स्थानीय वडा तहबाट नै प्रदान र वितरणको व्यवस्था गर्नुपर्ने उहाँहरुको सुझाव छ । महाधिवेशनको निष्पक्षतालाई सुनिश्चित गर्न क्रियाशील सदस्यता छानबिन विशेष समिति गठन गर्नुपर्ने, पार्टीभित्र अवसरको वितरण गर्दा भागबण्डाको आधारमा नभइ योग्यता, क्षमता, योगदान, अनुभव, आवश्यकता, सन्तुलन र उपयुक्तताको आधारमा हुनुपर्ने जिल्ला सभापति बैठकको निष्कर्ष रहेको नुवाकोटका सभापति जगदिश्वरनर सिंह केसीले जानकारी दिनुभयो ।

    पुस ११ गतेको काँग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४औँ महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने र केन्द्रीय समितिको समयावधि एकवर्ष थप गर्नेलगायत महत्वपूर्ण निर्णय बहुमतका आधारमा गरेको थियो । सो बैठकले महाधिवेशनको प्रयोजनार्थ विधानका केही दफा निलम्बन गर्ने, विधानमा उल्लेख २८ केन्द्रीय विभागको सङ्ख्या ४७ पुर्याउने, तरुण दलको म्याद छ महिना थप गर्नेलगायतका निर्णय पनि गरेको थियो ।

    संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा निर्णय गरेको र विधानविपरीत विधानका केही दफा निलम्बन गरेको भन्दै असन्तुष्ट बनेको वरिष्ठ नेता पौडेल समूहले भावी योजना तय गर्नका लागि सुझाव लिन जिल्ला सभापतिको बैठक बोलाएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.