सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको धानमा मरुवा रोगको समस्या


  •    न्युजभित्तो/२४ भाद्र २०८२, मंगलवार १५:११ 
  • चितवन, २४ भदौं । जिल्लामा लगाइएको धानमा ब्लाष्ट (मरुवा)रोगको समस्या देखिएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले कार्यालयमा दैनिक २५ देखि ३० जना विभिन्न रोगको समस्या लिएर आउने गरेका छन् । त्यसमध्ये ५० प्रतिशत बढी मरुवा रोगको समस्या लिएर आउने गरेका छन् । जिल्लाका सातै पालिकामा यो रोगको समस्या देखिएको छ ।
    कार्यालयका सूचना अधिकारी विन्दु पौडेलका अनुसार रोगी बीउ, संक्रमित पानी, परालका ठुटा तथा झारपातबाट यो रोग सर्दछ । धानको नर्सरीको ब्याड्बाट यो रोग देखिन्छ । ओसिलो, न्यानो भएमा यो रोगको सङ्क्रमण बढी हुन्छ । उहाँले भन्नुभयो, “पातमा शीतका थोपा रहिरहने र नाइट्रोजन मलको बढी प्रयोग भएको खण्डमा यो रोगले महामारी लिने गर्दछ ।”
    यो रोग लाग्दा पातको दुवै छेउतिर चुच्चिएका अण्डाकार थोप्ला देखिने, थोप्ला खैरो रङ्गको हुने, थोप्लाको बीचमा सेतो विन्दु हुने, बाला मुन्तिरको डाँठमा खैरो रङ्ग भएको दाग पनि देखिने पौडेलले जानकारी दिनुभयो ।
    यस रोगको व्ययवस्थापनका लागि रोग अवरोधक जात जस्तै खुमलटार, राधाचार, सावित्री, चन्दननाथ १ र २ लगाउने, ब्याडमा बीउ राख्नुभन्दा पहिले कारवेन्डाजिम दुई ग्राम प्रतिकिलो बीउको दरले उपचार गर्ने, मलखादको उचित व्यवस्थापन गर्ने, ग्रसित भएको रोगबाट अर्को खेतमा पानी जान नदिने  जस्ता कार्य गर्न उहाँको सुझाव छ । ।
    जिल्लामा अहिले २७ हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । धानमा यो रोगबाहेक अन्य विभिन्न रोगको समेत समस्या देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पतेरो, गभारो लगायतको रोग देखिएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.