सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

करिब चार सय घरमा खानेपानी सुविधा विस्तार


  •    न्युजभित्तो/२४ भाद्र २०८२, मंगलवार ११:३३ 
  • म्याग्दी, २४ भदौ । जिल्लाको मङ्गला गाउँपालिका-५ का करिब चार सय परिवारमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ । 
    नेपाल स्वास्थ्यका लागि पानी (नेवा), कादुरी संस्था, मङ्गला गाउँपालिकाको अनुदान र उपभोक्ताको श्रमदानसहित कुल रु दुई करोड ८४ लाख ६४ हजार १२२ को लागतमा निर्माण भएका पाँच वटा आयोजनाबाट तीन सय ६५ परिवार लाभान्वित भएका हुन् । 
    मङ्गला-५ का वडाध्यक्ष भुपेन्द्र खत्रीले नेवा, गाउँपालिका र उपभोक्ताको रु एक करोड ७९ लाख ६४ हजार १२२ को लागतमा निर्माण भएका चार वटा आयोजनाबाट दुई सय ७१ धारा र कादुरी संस्थाको रु एक करोड पाँच लाखको लागतमा निर्माण भएको एउटा आयोजनाबाट ९० धारामार्फत खानेपानी वितरण गरिएको जानकारी दिनुभयो । 
    “पाँच वटै आयोजना आर्थिक वर्ष २०८१/८२ मा सुरु भएर सम्पन्न गरिएको हो”, उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रका सबै घरका साथै विद्यालय, स्वास्थ्य संस्था र मन्दिरमा पनि निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ ।”
    वडाध्यक्ष खत्रीका अनुसार नेवामार्फत रु ४८ लाख २२ हजार ४७ को लागतमा निर्माण भएको पाखु–कुरसिम्ला खानेपानी आयोजनाबाट ८४ धारा, रु २९ लाख ९२ हजार ७३९ लागत रहेको दिही–कुमलेरा खानेपानी आयोजनाबाट ३५ धारा, रु ६४ लाख ६२ हजार ९१२ लागत रहेको सिरकुम खानेपानी योजनाबाट ९० धारा र रु ३६ लाख ८६ हजार ८७० लागत रहेको अर्मन खानेपानी आयोजनाबाट ६३ धारा निर्माण भएका छन् ।
    कादुरी संस्था मार्फत रु एक करोड पाँच लाखको लागतमा निर्माण भएको टिकावाङ खानेपानी आयोजनाबाट ९० धारा निर्माण भएका छन् । नेवामार्फत कार्यान्वयन भएको आयोजनाहरूमा कूल लागतको ४९ प्रतिशत नेवा, २५ प्रतिशत गाउँपालिकाको अनुदान र २६ प्रतिशत उपभोक्ताको श्रमदान रहेको छ । 
    करिब एक हजार घरपरिवारको बसोबास रहेको साविक अर्मन गाविसको किमचौर र नेटामा गत वर्ष कादुरीमार्फत ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको थियो । पोक, छिसवाङ, सेरा, पिपलबोट, हाडेभिर क्षेत्रमा यसअघि पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनामार्फत खानेपानी आयोजना निर्माण भएको थियो । 
    मङ्गला(५ पाखुका स्थानीय भरत सापकोटाले हाल सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएकामा घरमा निजी धारा भएपछि समयको बचत, सहज र सुविधा भएको बताउनुभयो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.